नेपालमै पहिलोपटक पुस ७ देखि बसोबास घरजग्गा मेला हुने

काठमाडौं । बसोबास नेपालले घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्‍याउने उद्देश्यले नेपालमै पहिलोपटक ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक घरजग्गा मेला आयोजना गर्ने भएको छ । यो मेला पुस ७ गते कुपण्डोलस्थित होटेल हिमालयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । समग्र घरजग्गा बजारको प्रतिनिधित्व गर्ने गरी आयोजना हुन लागेको मेलामा नेपालका टप डेभलपरहरूको सहभागिता रहनेछ । यस मेलाले घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने अपेक्षा गरिएको छ ।  मेलामार्फत घरजग्गा खरीदकर्ता र ग्राहकलाई सहजता प्रदान गर्नुका साथै घरजग्गाको बजार अवस्था र ट्रेन्डबारे जानकारी गराउने कम्पनीले जानकारी दिएको छ । मेलामा बैंकिङ सुविधाहरूबारे विशेष परामर्श पनि दिइने छ ।  ‘बसोबास प्रपर्टी इभेन्ट’ले बजारमा व्यवसायी तथा सेवाग्राहीले झेल्नुपरेको बेथितिलाई समेत कम गर्न मद्दत गर्ने र घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने बसोबास नेपालका कार्यकारी अधिकृत राजन अधिकारीले बताएका छन् । यसो हुँदा घरजग्गा कारोबारमा संलग्न क्रेता÷विक्रेता, एजेन्ट तथा एजेन्सी सबैमा आशाको किरण छर्ने उनको विश्वास छ ।  ‘बसोबास प्रपर्टी इभेन्ट’मा सहभागीहरूले बजारमा सहजै उपलब्ध नहुने किसिमका ‘अफ मार्केट प्रपर्टी’, बसोबासमा सूचीकरण भएका घरजग्गा र नयाँ प्लटिङहरू, व्यावसायिक भवन, नेपालका टप डेभलपरहरूले निर्माण गरेका अत्यधुनिक सुविधासम्पन्न हाउजिङ, कोलोनी तथा अपार्टमेन्टहरू गरी २५ भन्दा बढी प्रोजेक्टका २ सयभन्दा बढी प्रपर्टीहरूमा छूट बुकिङ गर्न पाउनेछन् । मेलामा समावेश प्रपर्टीहरू उच्च, निम्न र मध्यम सबै वर्गका खरीदकर्ताका लागि उपयुक्त हुने किसिमका छन् ।  मेलामा सहभागी भई प्रपर्टीको छूट बुकिङ गर्ने सेवाग्राहीले कम्पनीको तर्फबाट प्रपर्टीको किसिम तथा मूल्यअनुसार १ करोडसम्म नगद छूट र १० ग्रामदेखि १०० ग्रामसम्म सुन उपहार पाउनेछन् । यी प्रपर्टीको बुकिङ मूल्य बजारमा चलेको भन्दा एकदमै कम राखिएको छ ।   बसोबास नेपाल, घरजग्गा कारोबारलाई पारदर्शी र व्यावसायिक बनाउने उद्देश्यले स्थापित रियलस्टेट मार्केट प्लेस हो । सन् २०१६ मा स्थापना भएको बसोबास नेपालले शुरूआती दिनदेखि नै घरजग्गा कारोबारमा संलग्न एजेन्ट तथा एजेन्सी र ग्राहकहरूबीच सहजकर्ताको भूमिका खेल्दै आएको छ । सेवाग्राहीलाई विभिन्न माध्यमबाट घरजग्गा बजारका गतिविधि, प्रपर्टीको मूल्य तथा नीतिनियमका बारेमा जानकारी दिनुका साथै बजारमा चलेका ट्रेन्ड र प्रविधिहरूको बारेमा ग्राहकहरूलाई सुसूचित गर्दै आएको छ ।

सम्बन्धित सामग्री

बसोबास प्रपर्टी इभेन्ट : पहिलो इभेन्टमै करोडौँको कारोबार गर्न सफल

बसोबास नेपालले आयोजना गरेको ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेला सफलताका साथ सम्पन्न भएको

घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्‍याउन सफल भयाैँ: राजन अधिकारी

काठमाडौँ– बसोबास नेपालका प्रमुख कार्यकारी अधिकृत राजन अधिकारीले बजारमा फैलिएका मिथ्या खबरका कारण सेवाग्राही आत्तिने अवस्था आइरहेका बेला घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्‍याउन सफल भएको बताएका छन्। घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्‍याउने उद्देश्यसहित बसोबास नेपालले आयोजना गरेको ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेला शनिबार काठमाडौँमा सम्पन्न भएको थियो। मेलामा बसोबासलगायत अन्य ठूला डेभलपरका […]

‘बसोबास प्रपर्टी इभेन्ट’ आयोजना गर्दै बसोबास नेपाल

काठमाडौं- घरजग्गा कारोबारमा सहज पुर्याउँदै आइरहेको कम्पनी बसोबास नेपालले ‘बसोबास प्रपर्टी इभेन्ट’ मेला सुरु गर्ने भएको छ। घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउने उद्देश्यले नेपालमै पहिलोपटक ‘बसोबास प्रपर्टी इभेन्ट’ नामक रियलस्टेट मेला आयोजना गर्न लागेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार मेला यही पौष ७ गते होटल हिमालयमा लाग्नेछ।

फिदिममा चासोक मेला

पाँचथरको सदरमुकाम फिदिममा यतिबेला स्थानीय स्वाद र शैलीमा मेला जारी छ । किरात समुदायअन्तर्गत पाँचथर, ताप्लेजुङ र तेह्रथुममा बहुल संख्यामा बसोबास गर्ने लिम्बू जातिको संस्कार, संस्कृति र परम्परालाई जोगाइराख्न गत पुष १३ बाट सुरु गरिएको उक्त मेला २५ पुससम्म लाग्ने स्थानीय आयोजक तथा फिदिम–४ का वडाध्यक्ष उपेन्द्र लावतीले बताए ।

वासिङ्टन डिसीमा दशैं तिहार मेला आयोजना हुने

काठमाडौं । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा सेप्टेम्बर २५ तारिख (असोज ९ गते) दशैं तिहार मेला आयोजना हुने भएको छ । वासिङ्टन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी वासिङ्टन डिसीको बुल रन पार्कमा दशैं तिहार फेस्टिबल आयोजना गर्न लागिएको हो । अमेरिकामा बसोबास […]

न्युयोर्कमा नेपाली घरजग्गा मेला

अमेरिकाको न्युयोर्कमा दोस्रो नेपाल घरजग्गा मेला २०१० आयोजना हुने भएको छ । आगामी अगस्ट १५ मा हुने मेलामा नेपालका हाउजिङ कम्पनीहरू सहभागी हुनेछन् । फस्ट काठमाण्डू प्रालिले मेला आयोजना गर्न लागेको हो । अमेरिकामा बसोबास गरिरहेकाहरूले मेलाको अवसरमा नेपालमा घरजग्गा तथा अपार्टमेन्ट बुकिङ गर्नसक्ने बताइएको छ । गुण कोलनी, ओरियन्ट ग्रुप तथा नेवाः इन्टरप्राइजेजसँगको सहकार्यमा मेला आयोजना गरिन लागेको फस्ट नेपालका प्रबन्ध निर्देशक राजन कर्माचार्यले बताए । अमेरिकामा बस्ने नेपालीलाई लक्षित गरी आयोजना गरिएको मेलाको प्रचारप्रसार जारी रहेको उनले बताए । न्युयोर्कको रुजभेल्ट एभिन्यु उड स्लाइड ज्याक्सन हाइटस्थित सगरमाथा हलमा मेला आयोजना हुँदैछ । गुण कोलनी, ओरियन्ट हाउजिङ, स्तुपा हाउजिङ, लगायत आधा दर्जन हाउजिङ कम्पनीको मेलामा सहभागिता रहनेछ । त्यसबाहेक नेपालीद्वारा अमेरिकामा सञ्चालित हाउजिङ कम्पनीहरूको समेत मेलामा सहभागिता रहने कर्माचार्यले बताए । फस्ट काठमाण्डूले न्युयोर्कमा यसअघि सन् २००८ डिसेम्बरमा पनि यस्तै मेला सम्पन्न गरिसकेको छ । त्यसबेला दुई अर्ब रुपैयाँ बराबरको १ सय ६८ वटा अपार्टमेन्ट विक्री भएको थियो । यस मेलामा २ सय ५० वटा अपार्टमेन्ट विक्री हुने लक्ष्य राखिएको कर्माचार्यले जानकारी दिए । आगामी डिसेम्बरमा नेपालमा र सन् २०११ भित्र जापान र कोरियामा पनि घरजग्गा मेलाको आयोजना गर्ने जानकारी कम्पनीले दिएको छ । वर्ष ५, अंक ४९, २०६७, साउन २४–३०

ताप्लेजुङ समाजले काठमाडौंमा ‘चासोक तङ्नाम’ मनाउँदै

ताप्लेजुङ समाज नेपालले काठमाडौंमा किराँत समूदायको मौलिक चाड ‘चासोक तङ्नाम’ मनाउने भएको छ । ताप्लेजुङ घर भइ हाल काठमाडौं बसोबास गर्दै आएका समूदायलाई मध्यनजर गर्दै किराँत लिम्बु समुदायको मौलिक चाड चासोक तङ्नाम मेला (उधौली पर्व) को आयोजना गर्न लागिएको संस्थाका कार्यवाहक अध्यक्ष रमेश बरालले जानकारी दिए।विशेष गरेर यस संस्थाले ताप्लेजुङमा बसोवास गर्ने विभिन्न जातजाति विशेष भाषा, संस्कृति, भेषभूषा, रीतिरीवाज तथा मौलिक चाडपर्वहरूको संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै

अमेरिकामा नेपाली समुदायको चङ्गा मेला

अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोर क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरुले चङ्गा मेलाको आयोजना गरेका छन् । मेरिल्याण्ड राज्यको गन पाउडर फल्स स्टेट पार्क (राज्य उद्यान) मा अक्टोबर २४ आइतबारका दिन दिउसो चङ्गा मेला सम्पन्न भएको छ ।कार्यक्रमको आयोजना लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजले  गरेको हो । अमेरिकामा रहेका दोश्रो पुस्तालाई नेपालका चाडपर्व र कला संस्कृतिका बारेमा चिनाउन मेला आयोजना गरिएको लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजका संस्थापक बैकुण्ठ मान श्रेष्ठले बताए ।

फुटुक पर्वका लागि माने रंगाइँदै

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७, ओलाङचुङगोलामा बसोबास गर्ने वालुङ समुदायको एक मात्र पर्व फुटुक पर्वको लागि माने रंगाउँदै स्थानीय । शनिवारदेखि ९ दिनसम्म फुटुक पर्वमा मेला लाग्ने गर्दछ । तस्वीर:दिलकुमार लिम्बु, रासस

दशैँको बेला बसपार्कमा छैन भिड

काठमाण्डौ – कामकाज तथा पढाइको सिलसिलमा काठमाण्डौ उपत्यकामा बसोबास गर्ने धेरै जना दशैँ मनाउन गाउँघर जाने गर्छन् । दशैँमा घर फर्कनेको सङ्ख्या ठूलो हुने भएकाले सरकारले बसको अग्रिम टिकट बुकिङदेखि अनलाइन टिकेटिङसम्मको व्यवस्था गर्ने गरेको छ ।  पहिले–पहिले दशैँमा घर जाने यात्रुको चाप हेर्दा नयाँ बसपार्कमा मेला लागेझैँ लाग्थ्यो । तर, यस पटक भने गोङ्गबुको बसपार्कमा त्यस्तो भिडभाड छैन ।  पहिले दशैैँमा टिकट काउन्टरसम्म पुग्नै नसकिने र खुट्टा टेक्ने ठाउँ नै नहुने बसपार्क यस पटक होलो देखिएको छ । काउन्ट...