अमेरिकामा नेपाली समुदायको चङ्गा मेला

अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोर क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरुले चङ्गा मेलाको आयोजना गरेका छन् । मेरिल्याण्ड राज्यको गन पाउडर फल्स स्टेट पार्क (राज्य उद्यान) मा अक्टोबर २४ आइतबारका दिन दिउसो चङ्गा मेला सम्पन्न भएको छ ।कार्यक्रमको आयोजना लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजले  गरेको हो । अमेरिकामा रहेका दोश्रो पुस्तालाई नेपालका चाडपर्व र कला संस्कृतिका बारेमा चिनाउन मेला आयोजना गरिएको लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजका संस्थापक बैकुण्ठ मान श्रेष्ठले बताए । 

सम्बन्धित सामग्री

अमेरिकामा नेपाली समुदायले आयोजना गरे चङ्गा मेला

डिसी महानगर क्षेत्र । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरुले चङ्गा मेलाको आयोजना गर्न सफल भएका छन्। अमेरिकामा नेपाली समुदायको इतिहासमा बाल्टिमोरमा सम्भवत पहिलो पटक चङ्गा मेलाको आयोजना गरिएको छ।