काठमाडौं । भोलि स्थानीय तहको निर्वाचन हुँदै छ । आफूले रोजेको उमेदवार छान्न पाउँदा नागरिकहरू उत्साहित छन् । तर, नागरिकताविहीनलाई भने चुनाव ‘पाप्रा लागिसकेको घाउ कोट्याएझैँ’ भएको छ ।
सबै नागरिकको ध्यान स्थानीय मतदानमा केन्द्रित भइरहँदा कासिम अन्सारीको नजर भने नागरिकता विधेयकमा अड्केको छ । उनी भन्छन्, “सँगैका साथीहरूले आफूले रोजेको...