आईपीओ जारी गर्ने तयारीमा रहेका ५ ओटा जीवन बीमा कम्पनीको नाफा २५ करोड ६१ लाखभन्दा बढी

मंसिर ६, काठमाडौं । सर्वसाधारणमा आईपीओ निष्कासन तयारीमा रहेका पाँच ओटा जीवन बीमा कम्पनीले चालू आवको पहिलो त्रैमासमा कुल रू. २५ करोड ६१ लाख नाफा कमाएका छन् । ती पाँच ओटा कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ । गत आवमा पाँच ओटा कम्पनीले रू. २१ करोड ९८ लाख ९५ हजार नाफा कमाएका थिए ।   पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी रिलायबल लाइफ  इन्स्योरेन्स कम्पनीले रू. ७ करोड ४५ लाख ३४ हजार नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १३ प्रतिशत वृद्धि भएको हो । त्यसैगरी दोस्रोमा सिटीजन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रू. ६ करोड २२ लाख नाफा कमाएको छ । प्रतिशतका आधारमा सबैभन्दा बढी सन् नेपाल लाइफ इन्स्योरेन्सको नाफा गत आवको तुलनामा चालू आवमा ९७ दशमलव १३ प्रतिशतले वृद्धि भएको छ ।   गत आवमा रू. २ करोड ५४ लाख ७८ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू.५ करोड २ लाख २७ हजार नाफा कमाएको छ । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । कम्पनीले गत आवमा रू. ३ करोड ६१ लाख ७० हजार आम्दानी गरेकोमा चालू आवमा वृद्धि भएर रू. ६ करोड ८० लाख ६६ हजार पुगेको छ । सोही कारण कम्पनीको नाफा बढ्नमा टेवा पुगेको हो ।  त्यसैगरी ती पाँच ओटा कम्पनीमध्ये सबैभन्दा बढी सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा मात्र रू. १ अर्ब २४ करोड ३२ लाख कुल बीमा शुल्क आर्जन गरेको हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. ६२ करोड ८ लाख १६ हजार बीमाशुल्क आर्जन गरेको थियो ।  पाँच ओटा कम्पनीमध्ये दुई ओटा कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् । आइएमई लाइफ इन्स्योरेन्स र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।  रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यसहित आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले रू. ११२ प्रिमियम मूल्यमा प्रतिकित्ता रू. २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।  कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्नका लागि बीमा समितिबाट स्वीकृती पाएको छ भने अव धितोपत्र बोर्डबाट अनुमति पाएपछि आईपीओ निष्कासन गर्नेछ । त्यसैगरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरमा ६० लाख कित्ता आइपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । ती दुबै कम्पनीको विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बाँकी तीन ओटा कम्पनीले आवश्यक प्रत्रिया पुरा गरेर बीमा समितिको स्वीकृति पश्चात धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् ।  स्रोत : ती कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरणमा आधारित

सम्बन्धित सामग्री

आईपीओ जारी गर्ने तयारीमा होटल फरेष्ट इन

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ । असोज २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रस्तावसहित कात्तिक ११ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले काठमाडौं, लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा उक्त दिन साँझ ५ बजे सभा गर्न लागेको हो । सभाले आईपीओ निष्कासनसहित अन्य विविध प्रस्ताव पारित गर्ने जानकारी कम्पनीले दिएको छ । यो होटल बुढानिलकण्ठ, काठमाडौंमा छ । धितोपत्र दोस्रो बजारमा हाल होटल तथा पर्यटन क्षेत्रका ६ कम्पनीहरू सूचीकृत छन् । होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरूको शेयरमा लगानीकर्ताको आकर्षण बढिरहेको देखिन्छ । होटल फरेष्टको आईपीओले समेत धितोपत्र दोस्रो बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास लगानीकर्ताहरूको छ ।

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने भएको हो ।

आईपीओ जारी गर्ने तयारीमा श्रीनगर एग्रिटेक

काठमाडौं– दुई दशकभन्दा बढी समयदेखि पशुपन्छी तथा दानाजन्य उत्पादन गर्दै आएको श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक बनाएर आईपीओ जारी गर्ने गरि अगाडि बढिरहेको हो । लिमिटेडले जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मूल्य १०० रुपैयाँ दरको १३ करोड […]

आईपीओ जारी गर्ने तयारीमा आईएमई

२५ कात्तिक, काठमाडौं । नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमईले आईपीओ जारी गर्ने तयारी गरेको छ । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने एजेण्डासहित कम्पनीले आगामी १६ मंसिरमा साधरणा सभा गर्न लागेको हो । कम्पनीले जारी गरेको साधारणसभा सूचनामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव छ । आगामी साधारणसभाबाट कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर र […]

आईपीओ जारी गर्ने तयारीमा भायानेट

इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ । सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेट देशको सञ्चार तथा प्रविधि क्षेत्रमा आफ्नो इनोभेटिभ प्रयासहरूको लागि परिचित छ। सन् २०११ मा भायानेटले पहिलो चोटी फाइबर-टू-द-होम (FTTH) भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेर नेपाललाई इन्टरनेटको नयाँ...

आईपीओ जारी गर्ने तयारीमा रहेको नर्भिक अस्पतालले पारित गर्‍यो ५० % लाभांश

पुस २८, काठमाडौं । सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीले यस वर्ष ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएपछिको पहिलो वार्षिक साधारण सभा बुधवार सम्पन्न गरी कम्पनीले ५० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको हो ।  कर प्रयोजनका लागि नगद लाभांशसमेत कम्पनीलेनै व्यवस्थापन गर्ने जानकारी दिएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ को खुद मुनाफाबाट बोनस शेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । नर्भिकले हाल कायम चुक्तापूँजी रू. १५ करोडको आधारमा ५० प्रतिशत बोनस शेयर वितरणपछि चुक्तापूँजी रू. २२ करोड ५० लाख पुग्नेछ । कम्पनीले साधारण सभाबाटै हाल रू. ३० करोडमा सीमित अधिकृत पूँजीलाई बढाएर रू.१ अर्ब पुर्‍याउने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ मा रू. ८ करोड ५६ लाख खुुद मुनाफा आर्जन गरेको थियो । सभाले सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ । सभामा अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेलासमेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको बताए । महामारीको समयमा जनमानसप्रति सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइएकोे र नर्भिकले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि प्रभावकारी कार्यक्रमहरु गरेको उनले बताएका छन् । उनले अस्पतालमा हालै आईभीएफ सेन्टर सञ्चालनमा आएकाले निकट भविष्यमै अन्तरराष्ट्रिय स्तरको स्किन सेन्टर स्थापनाको तयारी भइरहेको समेत बताए । उनले हस्पिटल व्यवस्थापनका लागि आधुनिक सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइने, अस्पतालका सेवालाई आधुनिकीकरण गर्दै लैजाने, हस्पिटल सेवा विस्तारका लागि नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाउने र सर्वसाधारणका लागि शेयर निश्कासनको प्रक्रिया अगाडि बढाइने योजनासमेत रहेको बताए । सभामा कम्पनीका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरी, प्रबन्ध निर्देशक मेगा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र तथा सञ्चालक र शेयरधनीको सहभागिता रहेको थियो ।

आईपीओ जारी गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफा ८१७% बढ्यो

कात्तिक १६, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १३ लाख ६४ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. १ करोड २५ लाख १७ हजार पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. ४५ लाख ७६ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४७ प्रतिशत र सञ्चालन नाफा ९१४ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू. १७ करोड ५० लाख रहेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा रू. १३ करोड ६ लाख सञ्चित गरेको हो । कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । यो पनि हेर्नुस् : आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफा १९९% बढ्यो आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको वित्तीय अवस्था :

आईपीओ जारी गर्ने तयारीमा रहेको आदर्श लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

कात्तिक ५, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।  कम्पनीले रू. ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धकमा बि.ओ.के क्यापिटल लिमिटेड रहेको छ । आवश्यक प्रक्रिया पुरा गरेपछि  कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ करोड ४० लाख रहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँट पश्चात पूँजी रू. २ करोड पुग्नेछ ।  कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. १० लाख ५ हजार नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. १० लाख १७ हजार नाफा कमाएको थियो । त्यसैगरी गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा रू. ६३ लाख ८६ हजार सञ्चित गरेको थियो ।  सो अवधिमा कम्पनीले रू. ९ करोड ८८ लाख ३३ हजार सापटि लिएर र रू. ११ करोड ९० लाख २३ हजार निक्षेप संकलन गरेर रू. २३ करोड १४ लाख ३५ हजार कर्जा लगानी गरेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएको छ ।  अघिल्लो आवमा रू. १ करोड ३१ लाख ८९ हजार खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. १ करोड ५३ लाख कमाएको छ । त्यसैगरी कम्पनीको सञ्चालन नाफा पनि वृद्धि भएको छ । कम्पनीको अघिल्लो आवमा रू. १२ लाख १० हजार सञ्चालन नाफा रहेकोमा गत आवमा वृद्धि भएर रू. १५ लाख ३० हजार पुगेको हो । कम्पनीको केन्द्रीय कार्यालय बनेपा काभे्रपलाञ्चोकमा रहेको छ ।

यी हुन् आईपीओ जारी गर्न पाइपलाइनमा रहेका कम्पनीहरु(अर्काइभबाट)

असोज २६, काठमाडौं । विभिन्न क्षेत्रसँग सम्वन्धित् कम्पनीहरूले प्राथमिक शेयर निष्कासन(आईपीओ) को प्रक्रिया बढाएसँगै शेयर बजारको आकार अझै बढ्ने संकेत देखिएको छ । सर्वसाधारणका लागि शेयर निष्कासन गरी दोस्रो बजारमा सूचीकृत हुने तयारीमा रहेका कम्पनीको अहिलेको अवस्था हेर्दा शेयर बजारको आकार बढ्ने देखिएको हो । हालसम्म २३ ओटा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासनको तयारी गर्दै  नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा निवेदन दिएका छन् । दोस्रो बजार प्रवेश गर्ने तयारी सबैभन्दा बढी जलविद्युत् कम्पनीहरुको छ । आईपीओ निष्कासनको तयारीमा रहेका २३ ओटा कम्पनीमध्ये १३ ओटा जलविद्युत् कम्पनी रहेका छन् । धेरैजसो जलविद्युत् कम्पनीले पहिलो चरणमा स्थानीयका लागि शेयर जारी गर्ने तयारी गरेका हुन् । जलविद्युत् कम्पनीहरूको बजार प्रवेशको तयारी हेर्दा आगामी दिनमा शेयर बजारमा जलविद्युत् कम्पनीको वर्चस्व बढ्ने देखिन्छ । हाल शेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाको वर्चस्व छ । पछिल्लो समय न्यादी हाइड्रो  पावर र बुद्धभुमि हाइड्रोपावरले आईपीओ निष्कासन गरेका छन् । त्यसो त मध्य भोटेकोशी हाइड्रोपावरले  असोज २० गतेदेखि आईपीओ जारी गरिसकेको छ । नेपाल धितोपत्र बोर्डको वेबसाइटलाई आधार मान्दा आईपीओ निष्कासनको तयारीमा रहेका सवैभन्दा बढि  जलविद्युत् कम्पनीहरू रहेका छन्। यसपछि जीवन बीमा कम्पनी, लघुवित्तलगायतका कम्पनीहरु रहेका छन् ।

शब्द चित्र  : आईपीओ जारी गर्न पाइपलाइनमा रहेका कम्पनीहरु

असोज १६, काठमाडौं । विभिन्न क्षेत्रसँग सम्वन्धित् कम्पनीहरूले प्राथमिक शेयर निष्कासन(आईपीओ ) को प्रक्रिया बढाएसँगै शेयर बजारको आकार अझै बढ्ने संकेत देखिएको छ । सर्वसाधारणका लागि शेयर निष्कासन गरी दोस्रो बजारमा सूचीकृत हुने तयारीमा रहेका कम्पनीको अहिलेको अवस्था हेर्दा शेयर बजारको आकार बढ्ने देखिएको हो । हालसम्म २३ ओटा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासनको तयारी गर्दै  नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । दोस्रो बजार प्रवेश गर्ने तयारी सबैभन्दा बढी जलविद्युत् कम्पनीहरुको छ । आईपीओ निष्कासनको तयारीमा रहेका २३ ओटा कम्पनीमध्ये १३ ओटा जलविद्युत् कम्पनी रहेका छन् । धेरैजसो जलविद्युत् कम्पनीले पहिलो चरणमा स्थानीयका लागि शेयर जारी गर्ने तयारी गरेका हुन् । जलविद्युत् कम्पनीहरूको बजार प्रवेशको तयारी हेर्दा आगामी दिनमा शेयर बजारमा जलविद्युत् कम्पनीको वर्चस्व बढ्ने देखिन्छ । हाल शेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाको वर्चस्व छ । पछिल्लो समय न्यादी हाइड्रो  पावर र बुद्धभुमि हाइड्रोपावरले आईपीओ निष्कासन गरेका छन् । त्यसो त मध्य भोटेकोशी हाइड्रोपावरले  असोज २० गतेदेखि आईपीओ जारी गर्दैछ । नेपाल धितोपत्र बोर्डको वेबसाइटलाई आधार मान्दा आईपीओ निष्कासनको तयारीमा रहेका सवैभन्दा बढि  जलविद्युत् कम्पनीहरू रहेका छन्। यसपछि जीवन बीमा कम्पनी, लघुवित्तलगायतका कम्पनीहरु रहेका छन् ।