यी हुन् आईपीओ जारी गर्न पाइपलाइनमा रहेका कम्पनीहरु(अर्काइभबाट)

असोज २६, काठमाडौं । विभिन्न क्षेत्रसँग सम्वन्धित् कम्पनीहरूले प्राथमिक शेयर निष्कासन(आईपीओ) को प्रक्रिया बढाएसँगै शेयर बजारको आकार अझै बढ्ने संकेत देखिएको छ । सर्वसाधारणका लागि शेयर निष्कासन गरी दोस्रो बजारमा सूचीकृत हुने तयारीमा रहेका कम्पनीको अहिलेको अवस्था हेर्दा शेयर बजारको आकार बढ्ने देखिएको हो । हालसम्म २३ ओटा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासनको तयारी गर्दै  नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा निवेदन दिएका छन् । दोस्रो बजार प्रवेश गर्ने तयारी सबैभन्दा बढी जलविद्युत् कम्पनीहरुको छ । आईपीओ निष्कासनको तयारीमा रहेका २३ ओटा कम्पनीमध्ये १३ ओटा जलविद्युत् कम्पनी रहेका छन् । धेरैजसो जलविद्युत् कम्पनीले पहिलो चरणमा स्थानीयका लागि शेयर जारी गर्ने तयारी गरेका हुन् । जलविद्युत् कम्पनीहरूको बजार प्रवेशको तयारी हेर्दा आगामी दिनमा शेयर बजारमा जलविद्युत् कम्पनीको वर्चस्व बढ्ने देखिन्छ । हाल शेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाको वर्चस्व छ । पछिल्लो समय न्यादी हाइड्रो  पावर र बुद्धभुमि हाइड्रोपावरले आईपीओ निष्कासन गरेका छन् । त्यसो त मध्य भोटेकोशी हाइड्रोपावरले  असोज २० गतेदेखि आईपीओ जारी गरिसकेको छ । नेपाल धितोपत्र बोर्डको वेबसाइटलाई आधार मान्दा आईपीओ निष्कासनको तयारीमा रहेका सवैभन्दा बढि  जलविद्युत् कम्पनीहरू रहेका छन्। यसपछि जीवन बीमा कम्पनी, लघुवित्तलगायतका कम्पनीहरु रहेका छन् ।

सम्बन्धित सामग्री

साढे तीन लाख कित्ता आईपीओ जारी गर्दै कैलाश हेलिकप्टर

काठमाडौं, माघ ४ । कैलाश हेलिकप्टर सर्भिसेस् लिमिटेडले सेयर निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले तीन लाख ५० हजार कित्ता आईपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले जारी पुँजी ३५ करोडको १० प्रतिशत रकमको आईपीओ जारी गर्न लागेको हो । यसका लागि एक सय रुपैयाँ […]

अन्नपूर्ण केवलकारले आईपीओ जारी गर्दै

अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ। आईपीओ निस्कासनको प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा क्यापिटललाई नियुक्त गरिएको छ।...

सञ्चार क्षेत्रको इतिहासमा पहिलोपटक नागरिक दैनिकले आईपीओ जारी गर्दै

नागरिक दैनिक र रिपब्लिका अंग्रेजी दैनिक प्रकाशन गर्ने नेपाल रिपब्लिक मिडियाले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । नेपाल रिपब्लिक मिडियाले नेपालको सञ्चार क्षेत्रको इतिहासमा पहिलोपटक आईपीओ जारी गर्न लागेकाे हाे ।

आरकेडी होल्डिङ्सले आईपीओ जारी गर्ने

आरकेडी होल्डिङ्गस कम्पनी लिमिटेडले पनि आईपीओ निस्कासन गर्ने भएको छ । कम्पनीको छैठौं साधारणसभाले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने निर्णय गरेको हो । कम्पनीको पुँजी वृद्धि गर्ने तथा स्थानीय तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आईपीओ जारी गर्न साधारणसभाले अनुमति दिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, […]

आईपीओ जारी गर्ने तयारीमा आईएमई

२५ कात्तिक, काठमाडौं । नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमईले आईपीओ जारी गर्ने तयारी गरेको छ । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने एजेण्डासहित कम्पनीले आगामी १६ मंसिरमा साधरणा सभा गर्न लागेको हो । कम्पनीले जारी गरेको साधारणसभा सूचनामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव छ । आगामी साधारणसभाबाट कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर र […]

आईपीओ जारी गर्ने तयारीमा भायानेट

इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ । सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेट देशको सञ्चार तथा प्रविधि क्षेत्रमा आफ्नो इनोभेटिभ प्रयासहरूको लागि परिचित छ। सन् २०११ मा भायानेटले पहिलो चोटी फाइबर-टू-द-होम (FTTH) भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेर नेपाललाई इन्टरनेटको नयाँ...

कान्तिपुर टेलिभिजनले आईपीओ जारी गर्दै

कठमाडौँ – कान्तिपुर टेलिभिजनले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कान्तिपुर टेलिभिजन २०औं वर्ष प्रवेशका अवसरमा बिहीबार आयोजित विशेष समारोहमा अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले छिट्टै आईपीओ जारी हुने जानकारी दिएका हुन् । सेयर निष्कासनका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिएको छ । समारोहमा अध्यक्ष सिरोहिया र सानिमाका प्रमुख कार्यकारी अधिकृत भीष्मराज […]

महालक्ष्मी लाइफले ९० करोडको आईपीओ जारी गर्ने

२५ वैशाख, काठमाडौं । महालक्ष्मी लाइफ इन्स्यारेन्स कम्पनीले ९० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । आइतबार सम्पन्न महालक्ष्मीको विशेष साधारणसभाले ९० करोड रुपैयाँ बराबरको साधारण सेयर -आईपीओ) सर्वसाधारणका लागि जारी गर्ने निर्णय गरेको हो । यसअघि ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने कम्पनीले तयारी गरेको थियो । आईपीओ जारी गरी नसक्दै बीमा […]

टक्सार पिखुवाखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने

१३ चैत, काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधरणका लागि साधारण सेयर आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्न आइतबार प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश […]

रावा इनर्जीले आईपीओ जारी गर्ने

काठमाडौँ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारी गर्नका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतामा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष बद्री प्रसाद गौतम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे । […]