आईपीओ जारी गर्ने तयारीमा आईएमई

२५ कात्तिक, काठमाडौं । नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आईएमईले आईपीओ जारी गर्ने तयारी गरेको छ । सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने एजेण्डासहित कम्पनीले आगामी १६ मंसिरमा साधरणा सभा गर्न लागेको हो । कम्पनीले जारी गरेको साधारणसभा सूचनामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव छ । आगामी साधारणसभाबाट कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर र […]

सम्बन्धित सामग्री

प्रिमियममा आईपीओ जारी गर्दै मारूती सिमेन्ट

काठमाडौं । मारूती सिमेन्ट्स लिमिटेडले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रस्तावसहित कात्तिक २१ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । उत्पादनमूलक क्षेत्रको कम्पनीको रूपमा धितोपत्र दोस्रो बजारमा मारूती सिमेन्ट्स पनि थप हुने भएको हो । असोज २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, विराटनगरमा उक्त दिन बिहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू‍, १० प्रतिशत करसमेत नगद लाभांश वितरणको प्रस्ताव पारितका लागि पेस गरिनेछ । कम्पनीले अग्राधिकार शेयरधनीहरूका लागि नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले हाल कायम ३० लाख थान अग्राधिकार शेयरलाई जारी गर्दाको शर्त, कम्पनीको प्रबन्धपत्र तथा नियमावली एवम् कम्पनी ऐन बमोजिम साधारण शेयरमा परिवर्तन गर्ने प्रस्तावसमेत सभाका लागि तय गरेको छ । अग्राधिकार शेयर सर्वसाधारणमा परिणत भएपश्चात कायम चुक्ता पूँजीका आधारमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । बोनस शेयर प्रदान गर्ने प्रस्ताव सूचनामा उल्लेख भए पनि कति प्रतिशत भन्ने उल्लेख छैन । उल्लेखित प्रस्तावहरू पारित गरेपछि नियमावली र प्रबन्धपत्रमा संशोधन गर्न आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । उत्पादनमूलक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा प्रवेश गराउन सके बजारमा सकारात्मक प्रभाव पर्ने टिप्पणी भइरहेको अवस्थामा मारूती सिमेन्ट्सको आईपीओ निष्कासनको प्रस्तावलाई आम लगानीकर्ताले सकारात्मक रूपमा लिने विश्वास कम्पनीको छ । हाल धितोपत्र दोस्रो बजारमा सिमेन्ट्स कम्पनीका रूपमा घोराही र शिवम् सिमेन्ट्स सूचीकृत छन् भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज २४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरिसकेको छ । सर्वोत्तम सिमेन्ट्स भने बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्कासनको तयारीमा छ । सर्वोत्तमको आईपीओ निष्कासनपछि धितोपत्र बजारमा सिमेन्ट्स कम्पनीहरूको संख्या ५ पुग्नेछ ।

आईपीओ जारी गर्ने तयारीमा होटल फरेष्ट इन

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ । असोज २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रस्तावसहित कात्तिक ११ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले काठमाडौं, लैनचौरस्थित लैनचौर ब्याङ्क्वेटमा उक्त दिन साँझ ५ बजे सभा गर्न लागेको हो । सभाले आईपीओ निष्कासनसहित अन्य विविध प्रस्ताव पारित गर्ने जानकारी कम्पनीले दिएको छ । यो होटल बुढानिलकण्ठ, काठमाडौंमा छ । धितोपत्र दोस्रो बजारमा हाल होटल तथा पर्यटन क्षेत्रका ६ कम्पनीहरू सूचीकृत छन् । होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरूको शेयरमा लगानीकर्ताको आकर्षण बढिरहेको देखिन्छ । होटल फरेष्टको आईपीओले समेत धितोपत्र दोस्रो बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास लगानीकर्ताहरूको छ ।

आईपीओ जारी गर्ने तयारीमा आयल निगम

सर्वसाधरण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने भएको हो ।

आईपीओ जारी गर्ने तयारीमा श्रीनगर एग्रिटेक

काठमाडौं– दुई दशकभन्दा बढी समयदेखि पशुपन्छी तथा दानाजन्य उत्पादन गर्दै आएको श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक बनाएर आईपीओ जारी गर्ने गरि अगाडि बढिरहेको हो । लिमिटेडले जारी पूँजीको १३ प्रतिशतले हुन आउने अंकित मूल्य १०० रुपैयाँ दरको १३ करोड […]

आईपीओ जारी गर्ने तयारीमा भायानेट

इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन लिमिटेडले आईपीओ जारी गर्ने तयारी गरेको छ । सन् १९९९ मा निजी इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भायानेट देशको सञ्चार तथा प्रविधि क्षेत्रमा आफ्नो इनोभेटिभ प्रयासहरूको लागि परिचित छ। सन् २०११ मा भायानेटले पहिलो चोटी फाइबर-टू-द-होम (FTTH) भनेर चिनिने फाइबर अप्टिक्स इन्टरनेटको सुरुवात गरेर नेपाललाई इन्टरनेटको नयाँ...

आईपीओ जारी गर्ने तयारीमा रहेको नर्भिक अस्पतालले पारित गर्‍यो ५० % लाभांश

पुस २८, काठमाडौं । सर्वसाधारणमा आईपीओ जारी गर्ने तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमिटेड कम्पनीले यस वर्ष ५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएपछिको पहिलो वार्षिक साधारण सभा बुधवार सम्पन्न गरी कम्पनीले ५० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको हो ।  कर प्रयोजनका लागि नगद लाभांशसमेत कम्पनीलेनै व्यवस्थापन गर्ने जानकारी दिएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ को खुद मुनाफाबाट बोनस शेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । नर्भिकले हाल कायम चुक्तापूँजी रू. १५ करोडको आधारमा ५० प्रतिशत बोनस शेयर वितरणपछि चुक्तापूँजी रू. २२ करोड ५० लाख पुग्नेछ । कम्पनीले साधारण सभाबाटै हाल रू. ३० करोडमा सीमित अधिकृत पूँजीलाई बढाएर रू.१ अर्ब पुर्‍याउने प्रस्ताव समेत पारित गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ मा रू. ८ करोड ५६ लाख खुुद मुनाफा आर्जन गरेको थियो । सभाले सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ । सभामा अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेलासमेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको बताए । महामारीको समयमा जनमानसप्रति सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइएकोे र नर्भिकले सामाजिक उत्तरदायित्व अन्तर्गत पनि प्रभावकारी कार्यक्रमहरु गरेको उनले बताएका छन् । उनले अस्पतालमा हालै आईभीएफ सेन्टर सञ्चालनमा आएकाले निकट भविष्यमै अन्तरराष्ट्रिय स्तरको स्किन सेन्टर स्थापनाको तयारी भइरहेको समेत बताए । उनले हस्पिटल व्यवस्थापनका लागि आधुनिक सफ्टवेयर निर्माण गरी प्रयोगमा ल्याइने, अस्पतालका सेवालाई आधुनिकीकरण गर्दै लैजाने, हस्पिटल सेवा विस्तारका लागि नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाउने र सर्वसाधारणका लागि शेयर निश्कासनको प्रक्रिया अगाडि बढाइने योजनासमेत रहेको बताए । सभामा कम्पनीका संस्थापक अध्यक्ष तथा संरक्षक बसन्तकुमार चौधरी, प्रबन्ध निर्देशक मेगा चौधरी, प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र तथा सञ्चालक र शेयरधनीको सहभागिता रहेको थियो ।

आईपीओ जारी गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफा ८१७% बढ्यो

कात्तिक १६, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू. १३ लाख ६४ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा बढेर रू. १ करोड २५ लाख १७ हजार पुगेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रू. ४५ लाख ७६ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४७ प्रतिशत र सञ्चालन नाफा ९१४ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्तापूँजी रू. १७ करोड ५० लाख रहेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा जगेडामा रू. १३ करोड ६ लाख सञ्चित गरेको हो । कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । यो पनि हेर्नुस् : आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफा १९९% बढ्यो आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको वित्तीय अवस्था :

आईपीओ जारी गर्ने तयारीमा रहेको आदर्श लघुवित्तको कस्तो छ वित्तीय अवस्था ?

कात्तिक ५, काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।  कम्पनीले रू. ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धकमा बि.ओ.के क्यापिटल लिमिटेड रहेको छ । आवश्यक प्रक्रिया पुरा गरेपछि  कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ करोड ४० लाख रहेको छ । आईपीओ निष्कासन तथा बाँडफाँट पश्चात पूँजी रू. २ करोड पुग्नेछ ।  कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. १० लाख ५ हजार नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. १० लाख १७ हजार नाफा कमाएको थियो । त्यसैगरी गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा रू. ६३ लाख ८६ हजार सञ्चित गरेको थियो ।  सो अवधिमा कम्पनीले रू. ९ करोड ८८ लाख ३३ हजार सापटि लिएर र रू. ११ करोड ९० लाख २३ हजार निक्षेप संकलन गरेर रू. २३ करोड १४ लाख ३५ हजार कर्जा लगानी गरेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएको छ ।  अघिल्लो आवमा रू. १ करोड ३१ लाख ८९ हजार खुद ब्याज आम्दानी गरेको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. १ करोड ५३ लाख कमाएको छ । त्यसैगरी कम्पनीको सञ्चालन नाफा पनि वृद्धि भएको छ । कम्पनीको अघिल्लो आवमा रू. १२ लाख १० हजार सञ्चालन नाफा रहेकोमा गत आवमा वृद्धि भएर रू. १५ लाख ३० हजार पुगेको हो । कम्पनीको केन्द्रीय कार्यालय बनेपा काभे्रपलाञ्चोकमा रहेको छ ।

यी हुन् आईपीओ जारी गर्न पाइपलाइनमा रहेका कम्पनीहरु(अर्काइभबाट)

असोज २६, काठमाडौं । विभिन्न क्षेत्रसँग सम्वन्धित् कम्पनीहरूले प्राथमिक शेयर निष्कासन(आईपीओ) को प्रक्रिया बढाएसँगै शेयर बजारको आकार अझै बढ्ने संकेत देखिएको छ । सर्वसाधारणका लागि शेयर निष्कासन गरी दोस्रो बजारमा सूचीकृत हुने तयारीमा रहेका कम्पनीको अहिलेको अवस्था हेर्दा शेयर बजारको आकार बढ्ने देखिएको हो । हालसम्म २३ ओटा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासनको तयारी गर्दै  नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा निवेदन दिएका छन् । दोस्रो बजार प्रवेश गर्ने तयारी सबैभन्दा बढी जलविद्युत् कम्पनीहरुको छ । आईपीओ निष्कासनको तयारीमा रहेका २३ ओटा कम्पनीमध्ये १३ ओटा जलविद्युत् कम्पनी रहेका छन् । धेरैजसो जलविद्युत् कम्पनीले पहिलो चरणमा स्थानीयका लागि शेयर जारी गर्ने तयारी गरेका हुन् । जलविद्युत् कम्पनीहरूको बजार प्रवेशको तयारी हेर्दा आगामी दिनमा शेयर बजारमा जलविद्युत् कम्पनीको वर्चस्व बढ्ने देखिन्छ । हाल शेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाको वर्चस्व छ । पछिल्लो समय न्यादी हाइड्रो  पावर र बुद्धभुमि हाइड्रोपावरले आईपीओ निष्कासन गरेका छन् । त्यसो त मध्य भोटेकोशी हाइड्रोपावरले  असोज २० गतेदेखि आईपीओ जारी गरिसकेको छ । नेपाल धितोपत्र बोर्डको वेबसाइटलाई आधार मान्दा आईपीओ निष्कासनको तयारीमा रहेका सवैभन्दा बढि  जलविद्युत् कम्पनीहरू रहेका छन्। यसपछि जीवन बीमा कम्पनी, लघुवित्तलगायतका कम्पनीहरु रहेका छन् ।

शब्द चित्र  : आईपीओ जारी गर्न पाइपलाइनमा रहेका कम्पनीहरु

असोज १६, काठमाडौं । विभिन्न क्षेत्रसँग सम्वन्धित् कम्पनीहरूले प्राथमिक शेयर निष्कासन(आईपीओ ) को प्रक्रिया बढाएसँगै शेयर बजारको आकार अझै बढ्ने संकेत देखिएको छ । सर्वसाधारणका लागि शेयर निष्कासन गरी दोस्रो बजारमा सूचीकृत हुने तयारीमा रहेका कम्पनीको अहिलेको अवस्था हेर्दा शेयर बजारको आकार बढ्ने देखिएको हो । हालसम्म २३ ओटा कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासनको तयारी गर्दै  नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । दोस्रो बजार प्रवेश गर्ने तयारी सबैभन्दा बढी जलविद्युत् कम्पनीहरुको छ । आईपीओ निष्कासनको तयारीमा रहेका २३ ओटा कम्पनीमध्ये १३ ओटा जलविद्युत् कम्पनी रहेका छन् । धेरैजसो जलविद्युत् कम्पनीले पहिलो चरणमा स्थानीयका लागि शेयर जारी गर्ने तयारी गरेका हुन् । जलविद्युत् कम्पनीहरूको बजार प्रवेशको तयारी हेर्दा आगामी दिनमा शेयर बजारमा जलविद्युत् कम्पनीको वर्चस्व बढ्ने देखिन्छ । हाल शेयर बजारमा बैङ्क तथा वित्तीय संस्थाको वर्चस्व छ । पछिल्लो समय न्यादी हाइड्रो  पावर र बुद्धभुमि हाइड्रोपावरले आईपीओ निष्कासन गरेका छन् । त्यसो त मध्य भोटेकोशी हाइड्रोपावरले  असोज २० गतेदेखि आईपीओ जारी गर्दैछ । नेपाल धितोपत्र बोर्डको वेबसाइटलाई आधार मान्दा आईपीओ निष्कासनको तयारीमा रहेका सवैभन्दा बढि  जलविद्युत् कम्पनीहरू रहेका छन्। यसपछि जीवन बीमा कम्पनी, लघुवित्तलगायतका कम्पनीहरु रहेका छन् ।