संसद विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि बिहीवार पनि संवैधानिक इजलासमा बहस शुरू भएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले ३० मिनेट समय मागेर बहस गरिरहेका छन् ।
उनले संसदमा बहुमतप्राप्त प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नु असंवैधानिक भएको तर्क गरेका छन् । संसद विघटन गर्ने असंवैधानिक कदमलाई अदालतले बदर गरिदिनुपर्ने अधिवक्ता अर्यालको माग छ ।
अधिवक्ता अर्यालले सभामुख अग्नि सापकोटाले समेत संसद अधिवेशन आह्वान गर्न सिफारिस गर्नुपर्ने तर्क गरे । ‘एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्काे...