काठमाडौँ- सरकारले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो। गत २३ भदौमा सुरु भएको अधिवेशनको सुरुदेखि नै प्रमुख विपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै अवरोध गरिरहेको छ। मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले संसद अधिवेशन अन्त्यको सिफारिस भएकोबारे देशसञ्चारलाई जानकारी दिए। बिहीबारको […]