काठमाडौं-नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आफ्नो पहिलो खेलमा धनगढीले नवप्रवेशी विरगञ्ज युनाइटेडलाई २-१ ले पराजित गरेको छ। निर्धारित समयको अन्तिम मिनेट बाँकी रहँदा सनसनिपूर्ण जित हासिल गर्दै धनगढीले लिगमा विजयी सुरुवात गरेको हो। सब्सटिच्युट खेलाडी अहमद हिजाजीले बराबरी उन्मुख खेलमा अन्तिम समयमा निर्णायक गोल गरेका थिए। अधिकांस समय १-१ को गोलको अवस्थामा रहेको खेलमा हिजाजीले […]