असार ३१ गतेदेखि एक हुँदै विजय  र सारथी लघुवित्त

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी असार ३१ गतेदेखि एकीकृत कारोबार शुरू गर्दैछन् । दुवै बैंकले सूचना जारी गर्दै एकीकृत कारोबारको मिति सार्वजनिक गरेका हुन् । मर्जर सम्झौता गरेको सात महीनामा यी दुई कम्पनीले एकीकृत कारोबार शुरू गर्न लागेका हुन् । यी दुई कम्पनीबीच गत मंसिर २६ गते मर्जरसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपाल राष्ट्र बैंकले असार १५ गते र नेपाल धितोपत्र बोर्डबाट असार २१ गते यी कम्पनीले मर्जरका लागि अन्तिम स्वीकृति पाएका थिए । कम्पनी रजिष्ट्रारको कार्यालयबाट भने कम्पनीहरूले असार २४ गते स्वीकृति पाएका थिए । यी प्रक्रिया पूरा भएसँगै यी दुई कम्पनी एक हुन लागेका हुन् । एकीकृत कारोबारपछि विजय लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार शुरू हुनेछ । मर्जरपछि बन्ने यस कम्पनीको केन्द्रीय कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा रहने जानकारी समेत कम्पनीहरूले दिएका छन् । यी दुई कम्पनी समान हैसियतमा मर्ज हुन लागेका हुन् । हाल नयाँ सारथी लघुवित्तको चुक्ता पूँजी रू. ३६ करोड १० लाख ४० हजार छ भने विजय लघुवित्तको चुक्ता पूँजी रू. ३८ करोड ४० लाख छ । दुई कम्पनी एक भएपछि बन्ने कम्पनीको चुक्ता पूँजी भने रू. ७४ करोड ५० लाख ४० हजार पुग्नेछ । एकीकृत कारोबारका दिनदेखि सूचीकृत दुवै कम्पनीको शेयर कारोबार १५ दिनका लागि बन्द रहनेछ । मर्जर तथा प्राप्तिसम्बन्धी पछिल्लो व्यवस्थाबमोजिम मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गरेको दिनदेखि बढीमा १५ कारोबार दिन शेयर कारोबार बन्द गर्नुपर्ने व्यवस्था छ । यसअघिको व्यवस्थामा भने मर्जर तथा प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरेको भोलिपल्टदेखि मर्जर प्रक्रिया पूरा भई धितोपत्र बजारमा शेयर सूचीकृत नभएसम्म शेयर कारोबार बन्द हुने व्यवस्था थियो ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

मुख्यमन्त्री पाण्डेका सारथी  : पहिलो पटक मन्त्रिपरिषदमा दुई महिला

१५ वैशाख, पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदमा दुई महिलालाई सारथी रोजेका छन् । नेपाली कांग्रेसबाट सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला शि‌म्खडा मन्त्री बनेकी छन् । यसअघि हरेक प्रदेश सरकारमा प्रश्न नउठोस् भनेर भाग पुर्‍याइदिए जसरी हरेक प्रदेश सरकारमा एक जना महिला मन्त्री नियुक्त गर्ने गरिएको थियो । पृथ्वीसुब्बा नेतृत्वको सरकारमा नरमाया […]

विजय र नयाँ सारथी लघुवित्तबीच मर्जरको सहमति

विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले मर्जरको सम्झौता गरेका छन् । यी कम्पनीबीच १ः१ स्वाप रेसियोमा सोमवार मर्जरको सहमति भएको हो । मर्जर सम्झौता भएसँगै मंगलबार यी दुई कम्पनीले नेप्सेलाई पत्र लेख्दै आगामी साधारणसभा नभएसम्मका लागि सेयर कारोबार रोक्का गर्न अनुरोध गरेको छ । तर, पछिल्लो समय मर्जर तथा प्राप्ति प्रयोजनका […]

विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीच मर्जर सहमति

२७ मंसिर, काठमाडौं । विजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्था एक आपसनमा मर्जरमा जाने भएका छन् । सोमबार दुई संस्थाबीच मर्जर तथा प्राप्ति एक आपसमा गाभ्ने गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गण्डकी प्रदेशको गैंडाकोटमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको विजय लघुवित्त र काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालय रहेको नयाँ सारथी लघुवित्तले एक […]

मोरङ-५: पहिलेका प्रतिस्पर्धी अहिलेका सारथी

सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार शिवकुमार मण्डल र प्रदेशसभा (ख)का उमेदवार अमृत अर्याल मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एक अर्काका सारथी बनेका हुन्।...

नयाँ सारथी लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं, १३ चैत । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले वैशाख १० गतेका लागि वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा गत वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । यस्तै, कम्पनीले एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्दैछ । कम्पनीले अंकित मूल्य […]

नयाँ सारथी लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, ११ फागुन । नयाँ सारथी लघुवित्तले १९ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १९ प्रतिशत बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र नयाँ सारथीको आगामी वार्षिक साधारण सभाले अनुमोदन […]

प्रदेश १ मा सभामुख सत्तापक्षको सारथी बनेको आरोप

२४ असोज, विराटनगर । प्रदेश १ का विपक्षी दलका नेताहरुले सभामुख प्रदीपकुमार भण्डारी सत्तारुढ दल नेकपा एमाले र मुख्यमन्त्री भीम आचार्यको सारथी बनेको आरोप लगाएका छन् । आइतबार प्रदेशसभा बैठकमा समय लिएर बोल्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले सभामुख सत्तापक्षको पक्षपोषणमा लागेको भन्दै […]

नेप्सेद्वारा नयाँ सारथी लघुवित्तको शेयर सूचिकृत

काठमाडौं, १४ भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको ८ दशमलव १३ प्रतिशत बोनश शेयर वापतको एक लाख ९१ हजार ५२० कित्ता शेयर सूचिकृत गरेको हो । संस्थाले आर्थिक वर्ष २०७६ र ७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ८ दशमलव १३ प्रतिशत बोनश […]

'प्रतिगमनका सारथी र मतियार दुवैलाई सर्वोच्चले कडा तमाचा'

जनकपुरधाम : धनुषाको शहीद नगर नगरपालिकाका मेयर उदयकुमार बरबरियाले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशले प्रतिगमनका सारथी र मतियार दुवैलाई कडा तामाचा लगाएको बताएका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई प्रतिगमन तर्फ लग्ने प्रयासमा लागेको र उनको उक्त कदम गैरकानूनी र गैरसंवैधानिक रहेको कुरालाई समेत यस…