काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ सारथी लघुवित्त वित्तीय र विजय लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको छ ।
राष्ट्र बैंकले असार १५ गते पत्र पठाउँदै यी दुवै कम्पनीको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको हो । राष्ट्र बैंकले मर्जरपछि राष्ट्रियस्तरको विजय लघुवित्त वित्तीय संस्थाको नामबाट वित्तीय कारोबार सञ्चालन गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ ।
यसअघि दुवै कम्पनीबिच गत वैशाख ३० गत मजरमा जाने अन्तिम सम्झौता भएको थियो। दुवै कम्पनीको वार्षिक साधारणसभाबाट मर्जर प्रक्रिया स्वीकृति भएपछि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
यी दुवै कम्पनीले गत मंसिर २६ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । राष्ट्र बैंकले गत चैत २ गते यी दुवै लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।
यी दुवै कम्पनी बराबरी हैसियत अर्थात १ः१ शेयर स्वाप रेशियोमा मर्जरमा जान लागेका हुन ।