हिन्दू धर्ममा विशिष्ट परम्परा र रीतिरिवाज छन् । यसका धेरै मान्यताहरूका पछाडि लुकेका कारणका बारेमा मानिसलाई जानकारी नहुन सक्छ । यिनै मान्यतामध्येको एक मुण्डन संस्कार पनि हो । यसको कारणका बारेमा जानिराखौं ।
धार्मिक कारण
हिन्दू धर्ममा मुण्डन संस्कार गर्नुका पछाडि जन्मान्तरको कुरा आउँछ । गर्भे कपालले पूर्वजन्मका यादहरूलाई सुरक्षित राख्छ भन्ने मान्यता छ । नयाँ जीवनमा ती पुराना यादहरू हटून् भन्नका लागि मुण्डन वा छेवर गरिन्छ ।
वैज्ञानिक कारण
मुण्डनका पछाडि वैज्ञानिक कारण पनि छ । बच्चाको स्वास्थ्यसँग यो जोडिएको छ । आमाको गर्भमा ह...