काठमाडौँकी ४८ वर्षीया नमुना प्रजापति (नाम परिवर्तन)ले मिर्गौला फेल भएपछि डायलिसिस गराउन थालेको ५ वर्ष पुग्यो । उनले मिर्गौला प्रत्यारोपणको इच्छा राखे पनि पुरा हुन सकेको छैन । पाँच वर्षअघि मिर्गौला बिग्रिँदाको सुरुवाती समयमा प्रजापतिलाई मिर्गौला दान गर्न दुवै छोरी, श्रीमान् तयार भए । तर, आमालाई मिर्गौला दान गर्नका लागि तयार भएका छोरीहरूको परीक्षणका क्रममा मिर्गौला म्याच नहुँदा दान दिन मिलेन । दुई दिन अघिसम्म श्रीमतीलाई मिर्गौला दान गर्न तयार भएका उनका श्रीमान् छोरीहरूले मिर्गौला दान गर