तनहुँ : छोराको दुवै मिर्गौला फेल भएपछि कुन चाहिँ आमाको मन रुँदैन र? अहिले त्यस्तै भएको छ तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेकी कुमारी क्षेत्रीलाई। २८ वर्षीय अनुप क्षेत्रीको दुई वर्षदेखि मिर्गौलाले काम गर्न छाडेपछि उनीका मुहारमा खुशी छैन।छोरालाई कसरी बचाउने भन्नेमा उनी चिन्तित छिन्। कमजोर आर्थिक अवस्था र प्रत्यारोपणका लागि खर्च लाग्ने भएपछि परिवार नै पीडामा छ। उनीले छोरा बचाउनका लागि आफ्नो मिर्गौला दान गर्दै छिन्। काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा परीक्षण गरेपछि उनीको मिर्गौला छोरा