९४४ जनामा संक्रमण, सक्रिय संक्रमित ६ हजार नाघे

काठमाडौं : नेपालमा शनिबार ९ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ। १३ हजार २ सय ६४ जनामा गरिएको परीक्षणमा यो संख्यामा संक्रमण देखिएको हो । ९ हजार ७ सय ६२ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ९६ र ३ हजार ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ९७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टामा २ सय ९७ जना संक्रमणमुक्त भएका छन्। यो अवधिमा कोरोनाका कारण मृत्यु शून्य छ। संक्रमणमुक्त हुनेको संख्या घट्ने र संक्रमित बढ्ने हुँदा सक्

सम्बन्धित सामग्री

कोरोना अपडेट : देशभरि सक्रिय संक्रमित ३ सय ७५ जना मात्र

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि १२ जना कोभिड-१९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ४ सय ८९ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्। आज ३६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारण हुने मृत्युको संख्या आज पनि शून्य रहेको छ।मन्त्रालयको विवरणअनुसार हाल देशभरि ३ सय ७५ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि १० जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन्। आज देशभरि ६ हजार ७ सय ५८ जनाले कोरोनाविरुद्ध ख

९३ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोप, देशभर २६ सय ८८ जना सक्रिय संक्रमित

काठमाडौं : १० दिनपछि मंगलबार कोरोना संक्रमणबाट एकजना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको विवरणअनुसार आज एकजना संक्रमितको मृत्यु भएको हो।पछिल्लो २४ घन्टामा ६ हजार ५ सय ९४ जनामा गरिएको परीक्षणमा ४४ जना संक्रमित भेटिएका छन्। आज ४ सय ८१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभरि २ हजार ६ सय ८८ जना सक्रिय संक्रमित रहेका छन्। देशभरि २५ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत रहेका छन्।धनकुटा, मनाङ, रुकुम पूर्व, जुम्ला र बाजुरामा शून्य संक्रमित रहेका छन्। नेपालमा ह

देशभर कोरोनाका सक्रिय संक्रमित ४५७४ जना

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७५ जनाको कोरोना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ४ हजार ५ सय ७४ जना रहेका छन् । यस्तै पछिल्लो २४ […] The post देशभर कोरोनाका सक्रिय संक्रमित ४५७४ जना appeared first on राजधानी राष्ट्रिय दैनिक.

३७ हजार सक्रिय संक्रमित रहेको उपत्यकामा प्रशासनको एकपछि अर्को कडाइ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ३७ हजार बढी सक्रिय संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ जना गरी कुल ९७ हजार ९३ सक्रिय संक्रमित रहेका हुन् । जबकी देशभर सक्रिय संक्रमित ५७ हजार ३२८ जना रहेका छन् । यो भनेको देशभर रहेका कुल सक्रिय संक्रमितमध्ये ६४.७० प्रतिशत उपत्यकामै छन् । जनघनत्वका साथै स्वास्थ्य मापदण्ड पालनामा लापरबाहीलगायतका कारण उपत्यकामा कोरोना संक्रमण भयावह बनेको हो । ओमिक्रोन भेरियन्ट छिटो फैलिने कार...

एकैदिन ३०७५ जनामा देखियो संक्रमण, काठमाडौं उपत्यकामा ६ हजार बढी सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनाको कोभिड १९ परीक्षण गर्दा ३ हजार ७५ जनामा संक्रमण देखिएको छ। यस्तै, २७८ जना संक्रमण मुक्त भएका हुँदा कुल सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ। सक्रिय संक्रमित मध्ये उपत्यकामा ६ हजार ६३२ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।…

सक्रिय संक्रमित पाँच हजारभन्दा कम, एकजनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १६७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ६ हजार ४ सय ४७ जनामा गरिएको परीक्षणमा एक सय ६७ जना संक्रमित थपिएका हुन्। आज एकजना संक्रमितको मृत्यु भएको छ। यस्तै, आज २२६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ४ हजार ९ सय ७८ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ८१ जना संक्रमित आइसियु र २२ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्।

देशभर ७१ हजार ३०१ जना सक्रिय संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ हजार ३०१ जना सक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये हाल ६५ हजार ९५३ जना होम आइसोलेशन, पाँच हजार ३४८ जना संस्थागत आइसोलेशन र एक हजार २०६ जना आईसीयुमा छन्। पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना संक्रमणमुक्त भएका छन्।

काठमाडौं उपत्यकामा २७ हजार ८० जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं। काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २७ हजार ८० जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १५ हजार ९ सय ३०, भक्तपुरमा ४ हजार ५ सय ८० र ललितपुरमा ६ हजार ५ सय ७० जना सक्रिय संक्रमित रहेका छन्।

काठमाडौं उपत्यकामा साढे २९ हजारभन्दा बढी सक्रिय संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज काठमाडौं उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमा कोरोना भाइरसका २९ हजार ५ सय २५ जना सक्रिय संक्रमित रहेको जनाएको छ। मन्त्रालयकाअनुसार काठमाडौंमा १७ हजार ८ सय ७९, ललितपुरमा ६ हजार ८ सय ४५ र भक्तपुरमा ४ हजार ८ सय १ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।