९३ प्रतिशतले लगाए कोरोनाविरुद्ध खोप, देशभर २६ सय ८८ जना सक्रिय संक्रमित

काठमाडौं : १० दिनपछि मंगलबार कोरोना संक्रमणबाट एकजना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको विवरणअनुसार आज एकजना संक्रमितको मृत्यु भएको हो।पछिल्लो २४ घन्टामा ६ हजार ५ सय ९४ जनामा गरिएको परीक्षणमा ४४ जना संक्रमित भेटिएका छन्। आज ४ सय ८१ जना संक्रमणमुक्त भएका छन्। हाल देशभरि २ हजार ६ सय ८८ जना सक्रिय संक्रमित रहेका छन्। देशभरि २५ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचाररत रहेका छन्।धनकुटा, मनाङ, रुकुम पूर्व, जुम्ला र बाजुरामा शून्य संक्रमित रहेका छन्। नेपालमा ह