स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ३७ हजार बढी सक्रिय संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ जना गरी कुल ९७ हजार ९३ सक्रिय संक्रमित रहेका हुन् । जबकी देशभर सक्रिय संक्रमित ५७ हजार ३२८ जना रहेका छन् । यो भनेको देशभर रहेका कुल सक्रिय संक्रमितमध्ये ६४.७० प्रतिशत उपत्यकामै छन् ।
जनघनत्वका साथै स्वास्थ्य मापदण्ड पालनामा लापरबाहीलगायतका कारण उपत्यकामा कोरोना संक्रमण भयावह बनेको हो । ओमिक्रोन भेरियन्ट छिटो फैलिने कार...