देशभर ७१ हजार ३०१ जना सक्रिय संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ हजार ३०१ जना सक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये हाल ६५ हजार ९५३ जना होम आइसोलेशन, पाँच हजार ३४८ जना संस्थागत आइसोलेशन र एक हजार २०६ जना आईसीयुमा छन्। पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना संक्रमणमुक्त भएका छन्।

सम्बन्धित सामग्री

कोभिड–१९ का ७२ हजार सक्रिय संक्रमित कहाँ छन् ?

काठमाडौं । नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ७२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको यही माघ ८ गतेको तथ्यांकानुसार देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ । यीमध्ये ७१ हजार २६१ जना होम आइसोलेसनमा र एक हजार ६०१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । अस्पतालमा उपचाररतमध्ये...

थप ४८ जनामा कोरोना पुष्टि

काठमाडौं । थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ । थप दुई हजार ५१२ जनाको पिसीआर परीक्षण गरिएको थियो । हालसम्म पिसीआर परीक्षण गराउनेको संख्या २२ लाख १० हजार ४३४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७१ हजार १७७ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ६१ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ९२९ सक्रिय संक्रमित रहेका छन् । हाल ५१ संक्रमित क्वारेन्टिनमा रहनुभएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको संक्रमणबाट तीन हजार ११२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।(रमसस)

देशभर १९५९ जना सक्रिय संक्रमित, २४ घण्टामा ९९ थपिए

बितेको २४ घण्टामा देशभर ९९ जना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमित १९५९ जना रहेका छन् । यसैबीच देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ८०६ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ६७ हजार ८१२ पुगेको छ । यस्तै मृतकको संख्या २०३५ पुगेको छ । हालसम्म कोरोना निको हुने प्रतिशत ९८.५...