काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा र हिमपात भएको छ। काठमाडौं वरपरका पहाडी क्षेत्रमा समेत बिहान हिमपात भएको थियो।
काठमाडौंको चन्द्रगिरी, चम्पादेवी, मकवानपुरको सिमभञ्ज्याङ क्षेत्रमा बिहानसम्मै हिउँ परेको स्थानीयले बताएका छन्। बिहीवार राति उपत्यकामा वर्षासमेत भएको थियो। उच्च पहाडी भेग तथा हिमाली क्षेत्रमा केही दिन अझै…