काठमाडौं । सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा वर्षासँगै हिमपात भइरहेको छ । गए रातीदेखि सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा वर्षासँगै हिमपात शुरु भएको हो । बैतडीको अनारखोली, खोड्पे, अनारखोली , सतबाँझ श्रीभावर,गाँजरी,बाजपानी,ढोल्यामोड,देहिमाडौं लगायतका ठाउँहरुमा भएको हो । हिमपातका कारण यहाँका राजमार्गसमेत बन्द भएका छन् । अनारखोली, भालुमारे खोडपे क्षेत्रमा परेको हिमपातका कारण दशरथचन्द राजमार्गमा गाडी चल्न सकेका छैनन्। […]