काठमाण्डौसहित पहाडी र हिमाली जिल्लामा हिमपात (फोटो फिचर)

काठमाण्डौ – काठमाण्डौ उपत्यकाका डाँडासहित देशका धेरै उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको छ । पानी परेसँगै काठमाण्डौको चन्द्रागिरि, फुल्चोकी लगायतका डाँडामा हिमपात भएको हो । यस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि मंगलबार रातिदेखि हिमपात भएको छ । बाक्लो हिमपात भएपछि सुदूरपश्चिमका पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग र बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सडक क्षेत्रको हिउँ पन्छाउन डोजर लगाइएको छ । डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलाका उच्च भेगमा पनि हिमपात भएको छ । यस्तै त्रिभुव...

सम्बन्धित सामग्री

हिउँमा रमाउनेका अनाैठा दृश्यहरू (फोटो फिचर)

डडेल्धुरा :  डडेल्धुरासहित सुदूर पहाडका अधिका‌ंश जिल्लामा हिमपात भएको छ। बिहीबार साँझदेखि पहाडी सातवटा जिल्लाका हिमाली र पहाडी क्षेत्रमा हिमपात भइरहेको हो।डडेलधुराकाे उच्च लेकाली भाग भालुमारे, साहुखर्क, हगुल्टेलेक, महाभारत लेकका विभिन्न स्थानमा बाक्लो हिमपात भएको छ। लामो समयपछि डडेल्धुरामा माघ महिनामा हिमपात भएको हो। बाक्लो परेको हिमपातमा यहाँका स्थानीयवासी रमाउन थालेका छन्।हिउँसँग खेल्नेको भीडले डाँडाकाँडा भरिभराउ देखिन्छन्। तराइका जिल्लाबाट हिउँमा रमाउन पहाड चढ्&z

जुम्लामा तेस्रो पटक हिमपात (फोटो फिचर)

जुम्ला – जुम्लामा पुनः हिमपात भएको छ। बिहीबार साँझदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ। चिसोका कारण जनजीवन प्रभावित बनेको छ। यो वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको हो। हिमपातका कारण मानिस सँगसँगै पशुचौपायालाई पनि समस्या भएको […]

दोलखामा पनि हिमपात [फोटो फिचर]

हिउँदे वर्षासँगै दोलखाको उच्च पहाडी तथा हिमाली क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ । हिमपातपछि हिमाली क्षेत्रका अधिकांश विद्यालयमा पठनपाठन बन्द गरिएको छ । कालिञ्चोक, सैलुङ, खरिढुङगा, हनुमन्ते लगायतका क्षेत्रमा हिमपातका कारण यातायात पनि प्रभावित बनेका छन् । यस्तै कतिपय पर्यटकीय स्थानमा भने हिउँ खेल्न जाने आन्तरिक पर्यटक बढेका छन् ।

सुदूर पहाडमा हिउँ फुरुरु (फोटो फिचर)

धनगढी : देशभर आज (बुधबार) वर्षासँगै सुदूरपश्चिमका पहाडी जिल्लामा पनि हिमपात भएको छ। मंगलबार रातिदेखि सुदूरपश्चिमका हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातसँगै वर्षा भएको हो।लामो समयपछि हिमपातसँगै पानी परेको भन्दै यी जिल्लाका किसानहरू हिउँदे बाली सप्रिने भन्दै खुसी भएका छन्। हिमपातसँगै प्रदेशमा जाडो बढेको छ।हिमपातले जनजीवन भने निकै कष्टकर बनाएको छ। आज पनि पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्लामा हिमपात हुने र अरू क्षेत्रका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्।डडेल्धुराको गन्यापधुरा गाउँप

म्याग्दीमा हिमपात : बाली सप्रिने आसमा किसान (फोटो फिचर)

म्याग्दी : म्याग्दीमा तल्लो पहाडी क्षेत्रसम्मै हिउँ पर्ने गरी हिमपात भएको छ। यस वर्षको यो पहिलो हिमपात हो। हिमपातले माथिल्लो भेगमा सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन्।मंगलबार रातिदेखि परेको वर्षासँगै हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। म्याग्दीको धवलागिरि, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको हिमाली क्षेत्र अधिकांश हिउँले ढाकिएको छ।मंगला गाउँपालिका र बेनी नगरपालिकाको समेत उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। वर्षा र हिमपातले ग्रामीण यातायात प्रभावित भएको छ। हिमपातको कारण माथिल्लो भेगका विद्य

काठमाडौं आसपासलगायत मुलुकका विभिन्न भागमा हिमपात[फोटो फिचर]

पुस १४, काठमाडौं ।  काठमाडौं आसपासलगायत मुलुकका विभिन्न भागमा हिमपात शुरु भएको छ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहानैदेखि सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।            महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/ यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन भनिएको छ ।     पर्यटकीयस्थल  चन्द्रागिरि डाँडामा बिहानैदेखि हिउँ पर्न शुरु भएको छ । वर्षासँगै हिमपात भएपछि हिउँ हेर्नेहरू डाँडामा पुगेका छन् । फुरुरु हिउँ परेको दृश्य  हेर्नेहरूको भीड नै लाग्न थालेको छ ।   चन्द्रागिरि मात्र होइन यो पटक हुम्ला, डोटी, मनांगमा  पनि यो वर्ष पहिलो पटक हिमपात भएको हो । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएको छ । चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन रआवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले भनेको छ । दिउँसो सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । रातिको समयमा पनि हल्कादेखि मध्यम वर्षा र धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।  हिमाली भेगमा बाक्लो हिमपात : जनजीवन प्रभावित         ताप्लेजुङ जिल्लामा आइतवार साँझदेखि भारी मात्रामा  हिमपात परेको छ ।  समुद्र सतहदेखि ३ हजार ४०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँलगायत हिमाली क्षेत्रमा भारी हिमपातसँगै चिसो बढेकाले जनजीवन प्रभावित भएको हो । घुन्सा क्षेत्रमा गत सातादेखि नै सामान्यरूपमा हिमपात शुरु भए पनि गए रातिदेखि निकै बाक्लो हिमपात पार्न थालेको स्थानीयवासी पेमा शेर्पाले बताएका छन् । हुम्लाकोसिमकोटमा पनि बिहानैदेखि परेको हिउँ दुई फिट जमेको छ । हिमपातपछि हुम्ला जिल्लाको तापक्रम माइनस १२ डिग्री सेल्सियसमा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी हिमपात भएको छ भने दक्षिणी भेगमा वर्षा भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ । यस वर्षकै ठूलो हिमपातले स्थानीइ मुचुकाखोलामा पानी जमेर बहाब कम भएको छ ।

जताततै हिउँ नै हिउँ (फोटो फिचर)

काठमाडौँ- मंगलबार रातिदेखि देशका विभिन्न भूभागमा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार वर्षासँगै पहाडी र उच्च हिमाली जिल्लामा हिमपात भएको छ । हिमाली क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पुसमा पानी परेपछि चिसो पनि बढेको छ । चन्द्रागिरि हिमपात काठमाडौँको चन्द्रागिरि डाँडामा हिमपात भएको छ । चन्द्रागि…

किमाथांकामा हिमपात भएपछि जनजीवन कष्टकर (फोटो फिचर)

सङ्खुवासभा — पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको उच्च हिमाली भागमा बाक्लो हिमपात हुन थालेपछि जनजीवन कष्टकर बनेको छ । जिल्लाको उत्तरीक्षेत्रको भोटखोला गाउँपालिकाको किमाथांका र दक्षिणी क्षेत्रमा तिनजुरे–मिल्के–जलजले (टीएमजे) मा बाक्लो हिमपात भएपछि जनजीवन कष्टकर बनेको हो । गएको शुक्रवार बेलुकीदेखि किमाथांका क्षेत्रमा हिमपात पर्न थालेपछि जनजीवन कष्टकर बनेको किमाथांका प्रहरी चौकीका इन्चार्ज एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) टिकाराम राईले बताउनुभयो । बाक्लो हिउँका कारण किमाथांकाका गाउँबस्ती नै छोपि...

विद्यालयमै आगो ताप्दै, पढ्दै (फोटो फिचर)

मुगु : मुगु लगायत कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रमा चिसोले जनजीवन कष्टकर बन्दै गइरहेको छ।आइतबार अपरान्हदेखि कर्णालीका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र बेंसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो।हिउँद महिना शुरू भएपछि मुगु,हुम्ला, जुम्ला,डोल्पा लगायतका स्थानहरूमा अत्यधिक चिसो हुनेगर्छ। चिसो छल्न यहाँका स्थानीयवासी आगो ताप्ने गर्छन्‌।मौसम बदलीसँगै आइतबारदेखि निकै चिसो बढेपछि मुगु लगायत उच्च हिमाली क्षेत्रको जनजीवन झनै कष्टकर बनेको स्थानीयले बता

सुदूरपश्चिममा हिमपात, राजमार्ग र विद्युत अवरुद्ध (फोटो फिचर)

बैतडी : दुई दिनदेखि मौसममा आएको परिवर्तनले बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी र हिमाली जिल्लाहरुमा यस वर्ष दोस्रोपटक भारी हिमपात भएको छ। यसअघि मंसिर अन्तिम साता पनि हिमपात भएको थियो। बैतडी, दार्चुला, डडेल्धुरा, डोटीलगायतका पहाडी जिल्लामा भारी हिमपात भएको हो। बैतडीको दशरथचन्द राजमार्गको मुस्याचौर, अनारखोली, खोडपे...