क्यान भन्छ- कप्तानको जिम्मेवारीमा रहेका खेलाडीलाई २४ सै घन्टा निगरानी गर्ने कुरा हुँदैन

काठमाडाैँ- कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार गौशाला प्रहरी वृत्तमा बलात्कारको उजुरी परेपछि अहिले सन्दीपविरुद्ध चौतर्फी आलोचना भइरहेको छ। प्रहरीले कप्तान सन्दीप लामिछानेविरुद्ध जवर्जस्ती करणी कसूरमा गौशालामा उजुरी परेको भन्दै उनीविरुद्ध शुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ। साथै प्रहरीले आवश्यक परेमा इन्टरपोलमार्फत् उनलाई नेपाल झिकाउने पनि बताएको छ। यस्तोमा क्यानका कार्यवाहक महासचिव प्रशान्त मल्लले सन्दीपविरुद्ध परेको उजुरी अनपेक्षित […]

सम्बन्धित सामग्री

मौन अवधि : के के गर्न हुँदैन ?

काठमाण्डाै – पर्सि शुक्रबार हुने पालिका चुनावका लागि गएरातिदेखि सुरु हुने मौन अवधि सुरु भएको छ । अब मतदान नसकिएसम्म राजनीतिक दल, उम्मेदवार र तिनका समर्थनले प्रचारप्रसार गर्न पाउँदैनन् । यस अवधिको अनुगमन कामलाई निर्वाचन आयोगले प्रभावकारी बनाउने भएको छ ।निर्वाचन अचारसंहिता, २०७८ बमोजिम मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न पाईंदैन । यस अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिको सम्बन्धमा निगरानी राखी त्यस्तो गतिविधि हुन नदिने तथा मतद...

मन्दी र खराब लगानीमा आफ्नो धनको सुरक्षा

लगानी भनेको त्यस्तो वस्तु वा सम्पत्तिको खरीद हो जसको उद्देश्य आम्दानी गर्नु अथवा समयानुकूल सम्पत्तिको मूल्य बढ्दै जानु हो । शेयर, ऋणपत्र, ट्रेजरी, बन्ड, म्युचुअल फन्ड, सुन वा चाँदी, घरजग्गा, कलाकृति वा पुराना दुर्लभ वस्तुहरू किनेर राख्नु लगानी हो । शेयरबजारमा लगानी गर्नुको मुख्य उद्देश्य मुनाफा सुनिश्चित गर्दै पोर्टफोलियो बढाउँदै लैजानु हो । शेयरको बजार मूल्य भनेको कुनै कम्पनीले अनन्तकालसम्म हरेक वर्ष गर्ने उत्पादकत्वलाई आजको मूल्यमा गरिएको मौद्रिक रूपान्तरण हो । पूँजीबजारले यो मौद्रिक रूपान्तरणलाई किनबेच हुने व्यवस्था गरेर तरलता प्रदान गरेको छ । कुनै कम्पनीको भविष्यमा उत्पादकत्व अरू बढ्दै जाने देखिएमा यसको बजार मूल्य बढ्ने सम्भावना पनि हुन्छ । आज बजार मूल्य प्रतिकित्ता रू. १० हजार भएको कुनै शेयरको चुक्ता रकम रू. १०० बाटै बढेर त्यहाँसम्म आइपुगेको हो । उत्पादकत्व नभएको कम्पनीका शेयर मूल्य झरेर अंकित मूल्यभन्दा तल पनि हुन सक्छ । कुनै शेयरको बजार मूल्यले कम्पनीको उत्पादकत्वलाई प्रतिनिधित्व गर्दैन भने यस्तो अवस्थामा कुनै लगानीकर्ता अंकित मूल्यमा पनि लगानी गर्न तयार हुँदैन । कहिलेकाहीँ उत्पादकत्व कम भएका कम्पनीको शेयर मूल्य बढेको पनि देखिन्छ तर त्यो दिगो हुँदैन । शेयरबजारमा कमाउनेको संख्याभन्दा गुमाउनेको संख्या ज्यादा भएको पाइन्छ । तसर्थ शेयरबजारमा लगानी गर्दा केही कुरामा ख्याल राख्नैपर्छ । १. लगानीकर्ताले कुनै पनि शेयर किन्नुभन्दा पहिला ती कम्पनीको दीर्घकालीन विकास र व्यावसायिक सिद्धान्तहरूको विश्लेषण गर्नुपर्छ । कम्पनीको आर्थिक संरचना, त्यसको व्यवस्थापनको स्तर र कम्पनीको नियमित लाभांश बारेमा सुनिश्चित हुनुपर्छ । अल्पकालीन मूल्यान्तर आयको चक्करमा पर्नु हुँदैन । वर्तमान समयमा लोकप्रिय नभएको कम्पनी भए पनि आशाजनक रेकर्ड छ, लगातार लाभ आर्जन गरेको छ भने लगानी गर्नु विवेकपूर्ण हुन सक्छ । २. लगानीकर्ताले लगानीमा विविधता ल्याएर गम्भीर नोक्सानबाट आत्मरक्षा गर्न सक्छन् । वारेन बफेटले पनि भनेका छन्, सबै पैसा कहिल्यै पनि एउटै शेयरमा नलगाउनुहोस् । तपाईंले किनेको शेयरवाला कम्पनी कुनै काण्डमा समाचारमा देखियो भने लगानीको मुल्य तुरुन्त गुमाउनु पर्नेछ । त्यसैले विविधता ल्याउनाले एकैपटकमा सबै थोक नगुमोस् भन्नेमा ध्यान जानुपर्छ । ३. अस्वाभाविक मुनाफा र मूल्यान्तरमा आकर्षित हुनुभन्दा सुरक्षित, नियमित र स्थिर प्रतिफलमा ध्यान केन्द्रित गर्नुपर्छ । लगानीकर्ताको मुख्य लक्ष्य आफ्नो लगानीलाई फराकिलो बनाउँदै मुनाफा सुनिश्चित गर्दै लानु हो । साधारण व्यक्तिले उनीहरूको तुलनामा राम्रो गर्न सक्दैनन् जो प्रशस्तै जोखिम मोलेर पनि जीवित रही व्यापार गर्छन् । साधारण व्यक्तिको लक्ष्य तेज धन प्राप्ति हुनु हुँदैन । तेज धनको पछि लाग्नाले व्यक्तिलाई केवल लोभी र लापरवाह बनाइदिन्छ । ४. लगानीकर्ताले बजारको इतिहासको महत्त्व बुझ्नुपर्छ । लगानी गर्नुभन्दा पहिला कम्पनीको शेयर कारोबार र सम्पूर्ण शेयरबजारको इतिहासलाई पनि हेर्नुपर्छ । इतिहासको माध्यमबाट शेयरबजारको उतारचढाव परिभाषित गर्न सकिन्छ । यी उतारचढावलाई दूर गर्न त सकिँदैन तर यसलाई हेरी लगानीकर्ताले आफूलाई आर्थिक र मनोवैज्ञानिक रूपमा तयार राख्न आवश्यक हुन्छ । विभिन्न समयमा आर्थिक संकट, मन्दी र विभिन्न काण्ड आइरहन्छन् । त्यसैले लगानीकर्ताले आफ्नो धनको सुरक्षाका लागि सीमा तय गर्नुपर्छ । साथै यो सुनिश्चित गर्न सक्नुपर्छ कि एउटा ठूलो झट्का खाँदा पनि जीवित रहन सकियोस् । यसका लागि एउटा विविध स्टक पोर्टफोलियो हुनुपर्छ जसले गर्दा सबै लगानी एउटै बजारमा नजाओस् । ५. उकालो, ओरालो र समतल बजारका मुख्यतया तीन चाल हुन्छन् । लगानीकर्ताले बजार समतल चालमा छ र लगानी गर्ने चाहना छ भने आफूले शेयर किन्ने कम्पनीको इतिहासमा ध्यान दिनुपर्छ । पछिल्लो १० वर्षको शेयरको मूल्य, कम्पनीको कमाइ र लाभांश बीचको सम्बन्धमा ध्यान दिनुपर्छ । त्यसैगरी मुद्रास्फीति दर वा मूल्यमा भएको वृद्धिमा विचार गर्नुपर्छ । १ वर्षभित्रको लगानीमा १२ प्रतिशत मुनाफाको गणना गर्दा मुद्रास्फीति दर ७ प्रतिशत छ भने उसले मात्र ५ प्रतिशतको प्रतिफल आर्जन गर्न सक्छ । लगानी गर्दा यसबारेमा ध्यानसँग सोच्नुपर्छ कि के यो ५ प्रतिशत प्रतिफल दिन सक्ने किसिमको लगानी छ त ? ६ लगानीकर्ताले शेयरबजारलाई बजार सधैं अनुचित आशावाद र अनुचित निराशावादको बीचमा अघिपछि घुमिराखेको देख्छ । उदाहरणका लागि जब बजारमा एउटा नयाँ हल्ला फैलन्छ तब मानिसहरू आफ्नो संवेदनशीलता गुमाउँछन् । अब केही अनौठो हुन्छ र मूल्य बढ्छ भनी त्यस्ता मानिस अधिक भुक्तानका लागि तयार हुन्छन् । त्यो हल्लाले भविष्यको मुनाफा देखाउन खोज्छ वा नोक्सान तर वास्तवमा त्यो सत्य हुँदैन । जब बजार भविष्यको विकासका बारेमा आशावादी हुन्छ र बजार बढने संकेत देखिन्छ तब स्टक एकदमै महँगो हुन्छ । कहिलेकाहीँ बजार ज्यादै निराशावादी हुन्छ, लगानीकर्तालाई अन्जान परिस्थितिमै त्यसले बेच्न बाध्य पार्छ । यस्ता हल्लाका कारण कुनै एक स्टकले एक निश्चित समयमा लाभ दिन्छ, तर सधैंका लागि लाभदायी हुन्छ भन्ने हुँदैन । यसविपरीत जुन शेयरले राम्रो प्रदर्शन गरिरहेको छ, त्यसको पनि निकट भविष्यमा मूल्य कम हुने अधिक सम्भावना हुन्छ । अत: शेयरबजारमा एउटा कुरा के याद राख्नुपर्छ भने कोही लगानीकर्ता गल्ती नगरी पोख्त हुन सक्दैनन् । यहाँ प्रयास गर्दै गल्ती गर्दै सिक्दै अघि बढ्ने हो । त्यसमा पनि शतप्रतिशत पोख्त कोही हुन सक्दैन । कहिलेकाहीँ बजार जानेबुझेकै मान्छेका लागि पनि अनुमान लगाउँदा लगाउँदा धेरै खराब साबित हुन पनि सक्छ । त्यसैले लगानीकर्ताले आर्थिक मन्दीको समय वा खराब लगानीको कुरामा आफ्नो धनको सुरक्षाका लागि सीमा तय गर्नुपर्छ । यो पनि याद गर्नुपर्छ कि आउने दिनमा फाइदाको प्रवाह बनाइराख्न लगानीकर्ताले पोर्टफोलियोलाई विविधीकरण गर्नुपर्छ, जसले गर्दा सबै लगानी एउटै ठाउँमा नजाओस् । त्यस्तै आफ्नो पोर्टफोलियोको निरन्तर अनुसन्धान, निगरानी तथा छाँटकाँट गर्नु आवश्यक पर्छ । गुरागाँई नागरिक लगानी कोषमा आबद्ध छन् ।

भीसीटीएस : किन खोजिँदैन मालसामानको स्रोत ?

राजस्व मार्ने प्रवृत्तिमा कडाइ गर्ने उद्घोषका साथ सरकारले ढुवानीमा भेइकल्स एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) लागू गरेको साढे २ वर्ष बितिसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को प्रत्यक्ष मातहतको राजस्व अनुसन्धान विभागले २०७६ साउन १ देखि शुरू गरेको यो प्रणालीको उद्घाटन गर्दै तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले अवैध कारोबार निरुत्साहित गरी औपचारिक अर्थतन्त्रको दायरा बढाइने दाबी गरेका थिए । अहिले राजस्व अनुसन्धानका अधिकारीहरू यो प्रणालीको प्रयोग बढे पनि अपेक्षित सफल नभएको बताइराखेका छन् । शुरूमा निजीक्षेत्रबाट यसको चर्कै आलोचना भएको हो । त्यस बेलाको विरोधलाई सरकारले व्यवसायीको अज्ञानता भनेको थियो । तर, छोटै समयान्तरमा विरोधको स्वर साम्य भएर गयो, किन ? साँच्चै व्यवायीमा त्यो ज्ञान पलाएको हो ? यो प्रणाली नै अनधिकृत व्यापारमा लागेकाहरूका लागि वरदान पो बनेको छ कि ? प्रणालीले अनौपचारिक व्यापार नियन्त्रणमा सघाउ पुर्‍याइराखेको छ कि छैन ? यसमा कठोर समीक्षाको खाँचो खट्किएको छ । अहिलेका लागि भीसीटीएस प्रणालीमा यी तीनओटै निकायको प्रत्यक्ष पहुँच र निगरानी हुन सक्यो भने कोरोबारको पारदर्शिता कायम हुन सक्छ । राजस्व चुहावट नियन्त्रणको नाममा लागू गरिएको प्रणाली नै चुहावट ढाकछोप गर्ने औजार कदापि बन्नु/बनाइनु हुँदैन । प्रणाली के हो, कसरी हुन्छ काम ? सरकारले राजस्व चुहावट तथा नियन्त्रण ऐन २०५२ को दफा १३ अनुसार २०७१ सालमै प्रणाली कार्यान्वयनको व्यवस्था गरेको थियो । कार्यान्वयनमा ल्याउन विभागलाई ५ वर्ष समय लाग्यो । आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत कार्यान्वयनको घोषणा गरिएको थियो । डिजिटल नेपालको अवधारणाअन्तर्गत भीसीटीएसलाई अघि बढाएको हो । सम्पूर्ण आर्थिक कारोबारलाई अभिलेखीकरण गर्दै व्यापारको वैधानिकता, खरीद तथा विक्री मूल्य, उत्पत्ति, कारोबारको आय र त्यसमा लाग्ने कर पारदर्शी बनाउने उद्देश्य सरकारको हो । आर्थिक कारोबारलाई भरपर्दो बनाएर आर्थिक पारदर्शिता र सुशासन कायम गर्न प्रणाली प्रभावकारी हुने अपेक्षा हो । यसबाट राजस्व चुहावटका उपक्रमहरू स्वतः बन्द हुने दाबी गरिएको थियो । सरकारी नीतिअनुसार भन्सारबाट जाँचपास भएर भित्रिएका र स्वदेशभित्रका उद्योग तथा व्यापारिक प्रतिष्ठानबाट व्यावसायिक प्रयोजनका मालमासामान ओसारपसारमा प्रणाली आकर्षित हुन्छ । कोरोबारमा संलग्नले प्रणालीमा ढुवानी साधन र मालसामान प्रविष्ट गर्नु पर्छ । आयातित मालसामानमा भन्सार बिन्दुमै आयातकर्ता वा भन्सार एजेन्टले यो जिम्मेवारी पूरा गर्छन् । आन्तरिक ढुवानीमा ढुवानी सेवाप्रदायकको दायित्व मानिएको छ । उद्योग प्रतिष्ठानले आफ्ना उत्पादनको ढुवानीमा स्वयम् प्रविष्ट गर्छन् । खुद्रा प्रयोजनमा खपत हुने मालसामान ढुवानीमा यो आवश्यक पर्दैन । प्रणालीमा विवरण प्रविष्ट गरेर क्यूआर कोडसहितको कागज निकालेपछिमात्रै मालवस्तुको ढुवानी गर्न पाइने व्यवस्था गरिएको छ । राजस्वका अधिकारीले छड्के चेकजाँच गर्दा क्यूआर कोड नलिई ढुवानी गरेको भेटिएका २५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरीवाना गर्दै आएका छन् । कसरी भयो प्रणाली दुरुपयोग ? विभागले भन्सार बिन्दु, उद्योग प्रतिष्ठान र ढुवानी कम्पनीलाई केन्द्रमा राखेर प्रणाली कार्यान्वयनमा ल्याएको छ । ढुवानी कम्पनीले अहिले यो प्रणालीलाई अनधिकृत रूपमा भित्रिएको मालसामान गन्तव्यसम्म पुर्‍याउने सहज उपाय बनाएका छन् । यस्ता कम्पनीको प्रणालीमा विक्रेताको स्थायी लेखा नम्बर, मालसामानको प्रकृति, परिमाण र बिल मूल्य प्रविष्ट गरे पुग्छ । मानौं, कुनै व्यापारिक फर्मले आफ्नो प्यान नम्बरमा १० करोड रुपैयाँको मालसमानको बिल काट्यो भने भीसीटीएसको प्रणालीले त्यसलाई स्वीकार गर्छ । त्यो मालसामानको स्रोत के हो भन्नेमा विभागको प्रणालीलाई चासो छैन । सडकमा हुने विभागीय छड्के चेकजाँचले यस्ता सबै कारोबारलाई निगरानीको ल्याकत राख्दैन । राजस्वको प्रणालीले मालसामान प्रविष्टिलाई मात्र हेर्छ । प्रणालीमा राखिएको मालसामान आयात भएको हो कि आन्तरिक उत्पादन हो ? आयातित हो भने मालसामानको परिमाण र मूल्यलाई भन्सार प्रज्ञापनपत्रसँग रुजू गर्ने काम प्रणालीमा हुँदैन । स्वदेशी उत्पादनको हकमा कच्चा पदार्थ आपूर्ति कहाँबाट कसरी भयो ? यसको कुनै विवरण भीसीटीएसमा समावेश गर्नु पर्दैन । भीसीटीएसले मालसामान कहाँबाट कहाँसम्म जाने हो भन्नेमा मात्रै सरोकार राख्छ । वस्तुको स्रोतको खोजी नहुने र प्रणाली कार्यान्वयनमा आइसकेकाले राजमार्गमा निगरानी पनि पातलिँदा यो तस्करीका मालसामान ओसार्नेका लागि वरदान बनेको छ । राजस्वको छड्के कारबाहीमा यस्ता मालसामान भेटिन्छन् पनि, तर जनशक्ति र स्रोतको कमीले निरन्तर निगरानी हुन नसकेको राजस्व अनुसन्धानका विभागीय कर्मचारीहरूकै स्वीकारोक्ति भेटिन्छ । ढुवानीलाई प्रणालीको औपचारिकतामा ल्याएर झट्के कारवाहीमा एकाध जरीवाना काट्दैमा उपलब्धि हात लाग्दैन । यो त जरामा गाडिएको समस्या डाली र पातमा खोजेजस्तै हो । यस्तोमा भन्सार छलेर भित्र्याइएको मालसामान सजिलै चाहेको गन्तव्यमा पुर्‍याउन सकिने भयो । अहिले सीमावर्ती क्षेत्रमा दुई नम्बरी कारोबार फस्टाएका समाचार सञ्चारमाध्यममा आइराखेका छन् । अवैध व्यापार रोक्ने प्रणालीको प्राविधिक कमजोरीको दुरुपयोग गरेर यो धन्धा चलिराखेकोमा आशंका आवश्यक छैन । खुला सिमानाको दुरुपयोग गर्दै भित्रिएका मालसामान भीसीटीएसको आवरणमा ओसार्ने काम भइराखेको छ । यसमा सरोकारका निकायले आवश्यकताजति सजगकता नअपनाउनुचाहिँ बुझिनसक्नु छ । प्रणाली कार्यान्वयनको शुरुआतमा निजीक्षेत्रको असन्तुष्टिको प्रतिवादमा विभागीय उच्च अधिकारीहरू कुल व्यापारमा ४०/५० प्रतिशतजति अवैध कारोबार भएकाले आलोचना भइरहेको दाबी गर्दथे । नेपाल राष्ट्र बैंकले केही वर्षअघि गरेको एउटा अध्ययनले भारतसँग हुने कुल व्यापारमा ३५ प्रतिशतको हाराहारी कारोबार आनौपचारिक माध्यमबाट हुने तथ्य बाहिर ल्याएको थियो । राष्ट्र बैंकको यो अध्ययनलाई मात्रै आधार मान्ने हो भने पनि वर्षेनि करीब ५ खर्ब रुपैयाँबराबर मालसामानको अवैध कारोबार हुन्छ । भीसीटीएसले स्रोत खोजी नगर्दा यो प्रणाली यस्तो मासलमानलाई वैध बनाउने उपाय बनेको छ । अनधिकृत कारोबार र राजस्व छली नियन्त्रण गर्दै वैध व्यापार प्रवर्द्धनका लागि ल्याइएको प्रणाली अवैध व्यापारका लागि सुरक्षा कवज किन बनिराखेको छ ? प्रणालीको उद्देश्यका अगाडि यो गम्भीर प्रश्न हो । तस्करी धन्धालाई बल पुग्ने गरी प्रणालीमा छिद्र राखिनु अस्वाभाविकमात्र होइन, सन्देहको विषय पनि हो । असहज छैनन् उपाय भीसीटीएस लागू भएयता राजस्व अनुसन्धानको प्रणाली र आन्तरिक राजस्व विभागमा पेश गरिएको कारोबारको विवरण फरक भेटेपछि त्यस्ता कम्पनीविरुद्ध कारवाही अघि बढेका उदाहरणहरू पनि छन् । प्रणालीमा सरोकारका नियकाहरूको प्रभावकारी आबद्धता अभिवृद्धि हुँदै जाने हो भने अवैध कारोबार, राजस्व चोरी, कालोबजारीजस्ता आर्थिक अपराधमा लगाम लाग्नेमा किन्तुपरन्तु आवश्यक पर्दैन । आधाआधिजसो व्यापार अवैध तरीकाले हुनु अर्थतन्त्रको स्वास्थ्यका सन्दर्भमा गम्भीर सरोकार हो । विवाद भीसीटीएसको उद्देश्यमा होइन, आशंका त यसको कार्यान्वयनमा छोडिएका छिद्र र समाधानमा देखिएको उदासीनताले जन्माएको हो । यसमा राजनीतिक र कर्मचारीतन्त्रको स्वार्थले काम गरेको बुभ्mनेहरूको पनि कमी छैन । व्यवसायीले कर प्रयोजनका निम्ति आन्तरिक राजस्वमा बुझाउने र ढुवानीका लागि भीसीटीएसमा प्रविष्ट अधिकांश विवरण आपसमा नमिल्ने व्यवसायीको दाबीलाई नपत्याउनुपर्ने कारण छैन । यो प्रवृत्ति नहुँदो हो त न राजस्व अनुसन्धान चाहिन्थ्यो, न यो प्रणालीकै खँचो पर्दथ्यो । वैदेशिक र आन्तरिक व्यापार, कर तथा राजस्वसँग प्रत्यक्ष सरोकार राख्ने भन्सार, आन्तरिक राजस्व र राजस्व अनुसन्धानजस्ता निकायलाई प्रणालीले एकीकृत रूपमा समेट्नु पर्छ । पछिल्लो समय यी निकायले स्वचालित प्रणालीलाई निकै सुधारेका पनि छन् । जस्तै भन्सार विभागले सरोकारका ४० भन्दा बढी निकाय र पक्षलाई समेटेर एकद्वार प्रणाली विस्तार गरिराखेको छ । अवैध कारोबार नियन्त्रणका सन्दर्भमा यस्ता प्रणालीहरूको आपसी आबद्धता गर्न नसकिने कुनै कारण छैन । समस्या त जिम्मेवारी पन्छाउने शैली र उदासीनत प्रवृत्तिमा छ । अहिलेका लागि भीसीटीएस प्रणालीमा यी तीनओटै निकायको प्रत्यक्ष पहुँच र निगरानी हुन सक्यो भने कोरोबारको पारदर्शिता कायम हुन सक्छ । राजस्व चुहावट नियन्त्रणको नाममा लागू गरिएको प्रणाली नै चुहावट ढाकछोप गर्ने औजार कदापि बन्नु/बनाइनु हुँदैन ।

सङ्क्रमणबाट निको भएर सङ्क्रमितको उपचारमै छु, मनोबल बढाउनुहोस्, जितिन्छ

म पनि कोरोना भाइरस सङ्क्रमित भएकी थिएँ ।  कोरोना सङ्क्रमण हुँदा जीउ दुख्ने र  धेरै ज्वरो आएको थियो ।  एक हप्ता अलि गाह्रो भएकाले आराम गरेँ ।  मलाई केही हुँदैन भनेर मनोबल उच्च बनाएर बसेकी थिएँ । खानपिनमा एकदमै ध्यान दिएँ । पोसिलो र झोलिलो खानेकुराहरु प्रशस्तै मात्रामा खाएकी थिएँ । आफू स्वास्थ्यकर्मी भए पनि आफूभन्दा माथिल्ला तहका डाक्टरहरुको निगरानी र सल्लाह अनुसारको औषधिहरुको प्रयोग पनि गरेँ । हप्तादिनको आरामपछि फेरि अस्पताल जान सुरु गरेकी हुँ। एक हप्ता अलि गाह्रो भएकाले आराम गरेँ । कोरोना...

सरकारको विरोध गर्ने कर्मचारीमाथि कर्के नजर

कान्तिपुर दैनिकले ‘जब बाकसमा आइपुगे परदेशबाट आफन्त’ शीर्षकमा पहिलो पृष्ठमा समाचार छापेको छ । रोजगारीका लागि मलेसिया गएर उतै मृत्यु भएका १८ नेपालीको शव शनिबार स्वदेश ल्याइएको थियो । १६ शव ल्याउन बाँकी नै रहेको पनि समाचारमा उल्लेख छ । कमाउनका लागि वर्षौदेखि विदेशिएका आफन्तको मृत्युको कारण धेरैजसो परिवारका सदस्यलाई थाहै हुँदैन । सोही पत्रिकाले ‘कर्मचारीमाथि कर्के नजर’ शीर्षकमा समाचार छापेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा लाग्ने निजामती कर्मचारीमाथि सरकारले निगरानी गर्न थालेको समाचारमा उल्...

https://www.onlinekhabar.com/2020/08/886974

बालबच्चा जस्तो छन्, त्यही अवस्थामा रमाउन दिनुपर्छ । अर्थात उनीहरुमाथि अति निगरानी र हस्तक्षेप उचित हुँदैन । यदि उनीहरु गलत काम गरिरहेका छन् भने त्यसमा सर्तक गराउनै पर्छ । तर, सामान्य अवस्थामा पनि उनीहरुलाई ‘यो …

महामारीका बेला मानवअधिकारको कुरा किन ?

यो स्वास्थ्य संकटको अवधिभरि सरकारी निकायका कामबारे नागरिक समाज, पत्रकार, कानुन व्यवसायी, अधिकारकर्मीले गर्ने निगरानी र खबरदारी पटक्कै बाधित हुनु हुँदैन ।

राजस्वप्रति गम्भीर अपराध

नेपालको सबैभन्दा कडा सुरक्षा तथा भन्सार निगरानी रहेको मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै राजस्वप्रति ठुला अपराधका घटना बाहिरिएका छन् । क्विन्टलका क्विन्टल अवैध सुन चोरी पैठारी हुन्छ । तस्करी रोकिँदैन । यसले भारतसितका खुला सिमानातर्फबाट तस्करी होला भन्ने अनुमान लगाउन असजिलो हुँदैन । नेपाल–भारतबिचको खुला सीमाको दुरुपयोग अनेक तवरले भइरहेको हुन्छ । यसै मेसोमा जुत्ताचप्पलको तस्करीबाट मात्रै राज्यले वार्षिक १० अर्ब रुपियाँ राजस्व गुमाउनु परेको जा

दिल्ली भन्दै कुवेत हिँडेका तीन महिलाको विराटनगरको जोगबनी नाकाबाट उद्धार

मोरङ – शुक्रबार दिउँसोको करिब ४ बजेको थियो । ३ जना महिला हार मिलाएर जोगबनी नाकाबाट भारत जाँदै थिए । भिडभाडका बीच को आयो, को गयो कसैलाई खासै मतलब पनि हुँदैन । तर धेरै संघ संस्थाले निगरानी गरिरहेकै हुन्छन् । त्यही भिडभाडका बीचमा ती महिलाहरुमा नेपाल प्रहरी र माइती नेपालका कर्मचारीको आँखा पुग्यो । उनीहरुले...