बिओके क्यापिटलको ५.७९ प्रतिशत लाभांश प्रस्ताव

बिओके क्यापिटल मार्केटको सातौ साधारणसभा सम्पन्न भएको छ ।उक्त साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चित मुनाफाबाट कर प्रयोजनसहित ५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।त्यस्तै, आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षणका लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ ।

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डूको लाभांश घोषणा

बैंक अफ काठमाण्डूले लाभांश घोषणा गरेको छ । बैंकको आज आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को लागि लाभांश प्रस्ताव गरेको हो ।जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १४.९५ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर गरी जम्मा २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा समेतबाट लाभांश वापत बैंकको चुक्ता पूँजीको १४.९५ प्रतिशत नगद लाभांश रु.१,५८,८२,८७,११३.७६ (लाभांशमा लाग्ने कर समेत) र ६ प्रतिशतका दरले हुने रु.६३,७४,३९,६४४.३२ बराबरको बोनश शेयर गरी जम्मा २०.९५ प्रतिशतले हुने जम्मा रु.२,२२,५७,२६,७५८.०८ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।  हाल बिओके र ग्लोबल आईअमेई बैंक मर्जर प्रक्रियामा छन्  । यस सँगै बिओके लाभांश घोषणा गर्ने चौथो वाणिज्य बैंक बनेको छ  । यस अघि सिटिजन्स, कुमारी, र एनसीसीले लाभांश घोषणा गरिसकेका छन्  ।

बुटवल पावर कम्पनी र समृद्धि फाइनान्सकोे शेयरमूल्य समायोजन

पुस ११, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवार बुटवल पावर कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडकोे मूल्य समायोजन गरेको छ । नेप्सेले बुटवल पावर कम्पनीको बोनस शेयर तथा समृद्धि फाइनान्सको हकप्रद शेयरको मूल्य समायोजन गरेको हो ।  बुटवल पावर कम्पनीले लाभांश तथा समृद्धि फाइनान्सले हकप्रद शेयर प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बुटवल पावर कम्पनीको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४३८ दशमलव ७३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ४९२ को आधारमा शेयरमूल्य समायोजन भएको हो । बुटवल पावर कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र करसमेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने कम्पनीले निर्णय गरेको हो ।  सभा प्रयोजनका लागि आइतवार अर्थात् पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।   त्यस्तै, नेप्सेले समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयरको समायोजनपश्चात मूल्य रू. ३६१ दशमलव ३३ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बिहीवार कम्पनीको शेयर प्रतिकित्ता रू. ४९२ मा अन्तिम कारोबार भएको थियो ।  कम्पनीले २:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न मंसिर २९ गते नेपा धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।  कम्पनीले रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख ४१ हजार रहेको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

बैंक अफ काठमाण्डूले बोलायो साधारण सभा, १४ % लाभांश पारित हुँदै

मंसिर ३, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २७औं वार्षिक साधारण सभा मंसिर २९ गते गर्ने भएको छ ।  कम्पनीले सभा बिहान १० बजे  नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुुने जानकारी दिएको छ ।सभाले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेडको आव २०७७/ ७८ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १० गते देखि २९ गतेसम्म बन्द रहने पनि कम्पनीले बताएको छ । यस आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीले  साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

बिओके क्यापिटलको साधारण सभा असोज २० गते, १८% लाभांश प्रस्ताव

भदौ २९, काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडले असोज २० गते छैठौ वार्षिक साधारण सभा बोलाएको छ ।  क्यापिटलको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले क्यापिटलको कार्यालय, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै १८ प्रतिशत नगद लाभांश प्रस्ताव समेत पारित गर्नेछ । क्यापिटलले आफ्नो चुक्तापूँजी रू. २१ करोडको आधारमा कर समेत रू. ३ करोड ७८ लाख बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।  यसका साथै चालू आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारण र कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तनको विषयलाई पनि अनुमोदन गर्ने कार्यक्रम सभाका लागि तय भएको छ ।

बिओके क्यापिटलको लाभांश पारित

बिओके क्यापिटल लिमिटेडको पाँचाैँ वार्षिक साधारणसभाले ४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बिओके क्यापिटलको ४.५५ लाभांश पारित

बिओके क्यापिटल लिमिटेडले ४.५ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको साधारणसभाले आर्थिक वर्ष २०७६-०७७ को वित्तीय विवरण पारित गर्दै लाभांश वितरण गर्ने निर्णय गरेको हो ।साधारणसभाले क्यापिटलले सामुहिक लगानी कोषको कोष व्यवस्थापन तथा डिपोजिटरी भई कार्य सम्पादन गर्ने गरी उद्देश्य थप गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

बिओके क्यापिटलको ४.५ प्रतिशत लाभांश पारित

बिओके क्यापिटल लिमिटेडको पाँचाैँ वार्षिक साधारणसभाले ४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।