कांग्रेस केन्द्रीय सदस्य (अपांगता भएका खुलातर्फ) मदन कृष्ण श्रेष्ठ विजयी भएका छन् । उनी १६४० मतका साथ विजयी भएका हुन् । कांग्रेसले छुट्याएको एक कोटामा १२ जनाको उम्मेदवारी परेकामा उनले ११ जनालाई पछि पार्दै विजय हासिल गरेका हुन् ।
अपांगता भएकातर्फको कोटाको मतगणना सोमबार राति सकिएको थियो ।