तरुण दल अध्यक्ष बस्नेत पनि बने कांग्रेस केन्द्रीय सदस्य

काठमाडौँ- तरुण दल अध्यक्ष जितजंग बस्नेत पनि कांग्रेस केन्द्रीय सदस्य बनेका छन्। नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत ३५  खुला केन्द्रीय सदस्यहरुका लागि भएको मतगणनामा बस्नेत पनि छानिएका हुन्। बस्नेतले मतका आधारमा ३५ केन्द्रीय सदस्यमध्ये १२ औँ स्थानमा आफूलाई उभ्याएका छन्। लामो समयदेखि विद्यार्थी तथा तरुण दलको राजनीति गर्दै आएका बस्नेत यससँगै कांग्रेसको केन्द्रीय राजनीतिमा सक्रिय बनेका छन्।