राजश्व अनुसन्धान विभागले स्रोत नखुलेको रकमसहित पक्राउ परेका ४ जनाविरुद्ध काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । विभागले नुवाकोटका नवराज ढुंगाना, फणिन्द्रप्रसाद ढुंगाना, सुवास जंग पाण्डे र प्रज्वल ढुंगानाविरुद्ध मुद्धा दायर गरेको हो ।विभागले उनीहरुविरुद्ध विदेशी मुद्रा अपचलन गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी रानीपोखरी र महानगरीय प्रहरी वृत्त, बालाजुको संयुक्त टोलीले उनीहरूको साथबाट स्रोत नखुलेको ६९ लाख रुपैयाँ भेट्टाएको थियो ।अनुसन्धानका क्र