काठमाडौं महानगरपालिका-१४ बल्खुबाट स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५ सय रूपैयाँसहित काठमाडौं सतुङगल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खानलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र०२-१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त रकमसहित पक्राउ गरेको हो । …
जनकपुरधाम। धनुषामा स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार बिहान करिब साढे ११ बजे धनुषाको विदेह नगरपालिका–२ स्थित ईलाका प्रहरी कार्यालय दुहवीबाट चेकिङमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कुटरलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको […]
काठमाडौं। बन्चरेडाँडामा फोहोर व्यवस्थापनमा अवरोध गर्ने १४ पक्राउ परेका छन्। प्रहरीले नागढुंगाबाट स्रोत नखुलेको रकम सहित ४ जना पक्राउ गरेको छ। बाघको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। एमाले सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमा ४ अर्ब घोटाला भएको बताएका छन्। नवलपररासी अदालतमा गोली चलाएको भन्दै प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ।
महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित नेपाल भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकम सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोनमा गाउँपालिका घर भएका २४ वर्षीय सुनिल महतो र २६ वर्षीय अनिल महतो छन् ।आरोपीहरुको साथबाट ८ लाख १५ हजार नगद बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । रघुनाथपुर बीओपीबाट खटिएको टोलीले प्रदेश–२–०२–००२ प ९३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम फेला परेको थियो ।
नवलपरासी, १९ साउन । स्रोत नखुलेको रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दघाट नगरपालिका १२ भटौलियास्थित नारायाण चोकबाट स्रोत नखुलेको ९ लाख भारतीय रुपैयाँ र १८ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पाल्हिनन्दन गाउँपालिका २ बस्ने ३५ वर्षीय योगेन्द्र यादव र […]
रुपन्देहीमा प्रहरीले श्रोत नखुलेको ३१ लाख ९० हजार रकम सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।सिद्धार्थनगर नगरपालिका वडा नं.१ वाईपासस्थित ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।सिद्धार्थनगर नगरपालिका वडा नं.१ बस्ने बर्ष २१ को बिनय कलवारले चलाएको लु २१ प २२१२ नम्बरको स्कुटीरोकी खानतलासी गर्ने क्रममा झोलाबाट श्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँ फेला पारी र
सञ्जय कार्की, रौतहट । स्रोत नखुलेको रकम सहित दुई जना भारतीय नागरिक लाई प्रहरीले बुधबार पक्राउ गरेको छ । भारत बाट रौतहटको परोहा आउदै गरेको बी आर ०५ आर ४५२१ नम्बरको मोटरसाईकल लाई प्रहरीले चेकजाँच गर्दा भारतको मोतिहारी जिल्ला घोडासहन निबासी २२ बर्षिय बन्टि कुमार कलवार र र २० बर्षिय २० सुरज कलवार लाई स्रोत […]