नेपालका चारधाममध्येको एक धाम रूरूक्षेत्र । जहाँ तीन जिल्लाको सङ्गमस्थल पर्दछ । तीन जिल्लाको सम्बन्ध रूरूक्षेत्र धामले मात्र होइन बजारले पनि जोडेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जोडेको यस क्षेत्रमा स्थानीय सानै कामका लागि पनि एकअर्काको जिल्लामा आवतजावत गर्नुपर्दछ । आफूहरू डुङ्गामा निकै जोखिम मोलेर आवतजावत गरेको सम्झिन्छन् स्याङ्जाका स्थानीय अमरप्र्रसाद कोइराला । उमेरले ७५ वर्ष पुगेका उनको स्थानीय बजार गुल्मीको रिडी हो । जहाँ सयौँ पटक ज्यान जोखिममा राखेर कालीगण्डकी नदीमाथि डुङ्गामा यात्रा गरे