कैलालीको डल्फिन अवलोकन क्षेत्रमा प्रदेश सरकारले प्राथमिकतामा राखेको तीनमुखे झोलुङ्गे पुल निर्माणको अझै सुरसार छैन । पर्यापर्यटनमा टेवा पु¥याउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेश सरकारले काँढा र पथरैया नदीको सङ्गमस्थलमा तीनमुखे झोलुङ्गे पुल निर्माणका लागि सर्भे गरेको थियो । टीकापुर नगरपालिका–७ स्थित बैदी, भजनी नगरपालिका–३ को दैलेखी टोल र वडा नम्बर ८ को काँढाढिक गाउँलाई जोड्ने गरी पुल निर्माणको सर्भे भए पनि काम भने सुरु हुन सकेको छैन ।