तीनमुखे झोलुङ्गे पुल : सहज यात्रासँगै अर्थोपार्जनको पर्खाइमा

रेसुङ्गा (गुल्मी), २१ कात्तिक । नेपालका चारधाममध्येको एक धाम रूरूक्षेत्र । जहाँ तीन जिल्लाको सङ्गमस्थल पर्दछ । तीन जिल्लाको सम्बन्ध रूरूक्षेत्र धामले मात्र होइन बजारले पनि जोडेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जोडेको यस क्षेत्रमा स्थानीय सानै कामका लागि पनि एकअर्काको जिल्लामा आवतजावत गर्नुपर्दछ । आफूहरू डुङ्गामा निकै जोखिम मोलेर आवतजावत गरेको सम्झन्छन् स्याङ्जाका […]

सम्बन्धित सामग्री

डल्फिन अवलोकन क्षेत्रमा बनेन पुल

कैलालीको डल्फिन अवलोकन क्षेत्रमा प्रदेश सरकारले प्राथमिकतामा राखेको तीनमुखे झोलुङ्गे पुल निर्माणको अझै सुरसार छैन । पर्यापर्यटनमा टेवा पु¥याउने उद्देश्यका साथ सुदूरपश्चिम प्रदेश सरकारले काँढा र पथरैया नदीको सङ्गमस्थलमा तीनमुखे झोलुङ्गे पुल निर्माणका लागि सर्भे गरेको थियो । टीकापुर नगरपालिका–७ स्थित बैदी, भजनी नगरपालिका–३ को दैलेखी टोल र वडा नम्बर ८ को काँढाढिक गाउँलाई जोड्ने गरी पुल निर्माणको सर्भे भए पनि काम भने सुरु हुन सकेको छैन ।

तीनमुखे झोलुङ्गे पुल : सहज यात्रासँगै अर्थोपार्जनको पर्खाइमा

नेपालका चारधाममध्येको एक धाम रूरूक्षेत्र । जहाँ तीन जिल्लाको सङ्गमस्थल पर्दछ । तीन जिल्लाको सम्बन्ध रूरूक्षेत्र धामले मात्र होइन बजारले पनि जोडेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जोडेको यस क्षेत्रमा स्थानीय सानै कामका लागि पनि एकअर्काको जिल्लामा आवतजावत गर्नुपर्दछ । आफूहरू डुङ्गामा निकै जोखिम मोलेर आवतजावत गरेको सम्झिन्छन् स्याङ्जाका स्थानीय अमरप्र्रसाद कोइराला । उमेरले ७५ वर्ष पुगेका उनको स्थानीय बजार गुल्मीको रिडी हो । जहाँ सयौँ पटक ज्यान जोखिममा राखेर कालीगण्डकी नदीमाथि डुङ्गामा यात्रा गरे

तीनमुखे झोलुङ्गे पुलको आकर्षण बढ्दो

कालीगण्डकी नदीमा निर्माण गरिएको तीनमुखे झोलुङ्गे पुल पर्यटकहरूको आकर्षणको केन्द्र बन्न थोलेको छ । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीको काली गण्डकी नदीमा निर्माण गरिएको तीन मुखे झोलुङ्गे पुलमा चाडपर्व नजिकिएसँगै आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेको हो ।

पर्यटकीय स्थलको पहिचान गरिँदै

लुम्बिनी प्रदेश पर्यटन विकास परिषद््ले यस प्रदेशमा रहेका पर्यटकीय सम्भाव्यता भएका स्थलको पहिचान र प्रवद्र्धनको काम सुरु गरेको छ । यस प्रदेशमा रहेका ऐतिहासिक पर्यटकीय स्थलको वर्तमान अवस्थाको जानकारी लिने, तिनको संरक्षणका लागि स्थानीय तहसँग समन्वय गर्ने र आगामी दिनमा ती स्थलको प्रवद्र्धन कसरी गर्ने भन्ने विषयमा परिषद्ले पहिलो चरणमा स्थलगत अध्ययन अवलोकन सुरु गरेको छ । परिषद् र पत्रकारको टोलीले गुल्मीको रिडीस्थित तीनमुखे झोलुङ्गे पुल, रेसुङ्गा, गुल्मीको धुर्कोटमा रहेको विचित्र गुफा, अर्घाखाँचीको नरपानी, सुपादेउराली, खाँचीकोट र पाल्पाको रिब्दीकोट गाउँपालिकामा रहेको ऐतिहासिक झरनालगायतको अवलोकन गरेको हो ।

एशियाकै पहिलो तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

चैत २९, काठमाडौं । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा निर्माणाधीन एशियाको पहिलो तीनमुखे झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो । कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको ‘पिलर’ निर्माण भएको छ । २५ मिटर उचाइसहितको भ्यूटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । नेपालकै चार धाममध्येको एक धाम रुरुक्षेत्र धाम रिडीमा गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । कालीगण्डकी नदीमाथि निर्माण गरिएको आकर्षक पुल हेर्नका लागि आन्तरिक पर्यटकको पछिल्लो समयमा चहलपहल बढेको हो ।  निर्माण थालनी गरिएको सात वर्षसम्म पुलको काम सम्पन्न नहुँदा स्थानीय बासिन्दा निरुत्साहित बनेका थिए । तर पछिल्लो दुई वर्षयता पुल निर्माणले गतिमा लिएकोे हो । अहिले पुलको दुईतिर जाली, लाइटिङ, टपमा सोलार र भर्‍याङ, रेलिङ निर्माण र झण्डा राख्ने संरचना निर्माणको काम भइरहेको छ । आगामीे वैशाख महीनाभित्र सम्पूर्ण काम पूरा गरी पुलको उद्घाटन गर्ने तयारीमा रहेको लभलीना कन्स्ट्रक्शनका निर्माण व्यवसायी सुशान्त यादवले बताए । कालीगण्डकी नदीमा बाढी, पहिरो, कोरोना, आर्थिक अभावले समयमै पुलको निर्माण सम्पन्न गर्न झमेला भएको उनले बताए ।  रू. नौ करोड ८८ लाख २६ हजार ३३२ मा नयाँ बाटो रुबिना मना जेभीले  ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वधार विभागअन्तर्गतको  झोलुङ्गे पुल शाखासँग पुलको ठेक्का सम्झौता गरेको थियो । पुल निर्माण अन्तिम चरणमा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने देखिएको छ ।  स्थानीय बासिन्दा विष्णु परियारका अनुसार पुलमा टहलिन आन्तरिक पर्यटक त्यहाँ पुग्न थालेका छन् । कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेश मन्दिरको दर्शन गरी सो पुलमा पुगी रमाइलो गरी गन्तव्य फर्किन थालेको उनले बताए । विसं २०७१ मंसिर १५ गते निर्माण थालिएको थियो । रासस

गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुल निर्माणको काम अन्तिम चरणमा

काठमाण्डाै - गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तीन जिल्लाको सङ्गमस्थल रिडीको कालीगण्डकी नदीमाथि निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको हो । तीनमुखे पुलले गुल्मीको रुरु छेत्र गाउँपालिका–१ रिडी, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली जोड्नेछ । कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको पुलको स्तम्भ निर्माण भएको छ । पुलमा २५ मिटर उचाइसहितको भ्युटावर, तीन जिल्लाको तीनैतर्फ एक सय ७७ मिटर लाम...

कालीगण्डकीमा निर्मित तीनमुखे झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

२३ माघ, चितवन । स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे झोलुङ्गे पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । कालिगण्डकी नदीमा बनाइएको यो पुलले स्याङ्जाको कालीगण्डकी-१ कारिकोट चन्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका-१४ अर्गली र गुल्मीको रुरु गाउँपालिका-१ रिडीलाई जोड्ने गर्दछ । २०७१ साल असार १० गते नयाँ बाटो-रुबिना-मना-जेबीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वाधार विभाग अन्तर्गतको झोलुंगे […]

यसरी बन्दै छ  तीन जिल्ला जोड्ने झोलुङ्गे पुल (फोटो फिचर)

पाल्पा : तीन जिल्ला जोड्ने तीनमुखे झोलुङ्गे पुल निर्माण कार्यले गति लिएको छ।पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा र गुल्मी जोड्ने तीनमुखे झोलुङ्गे पुलको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। ठेकेदार कम्पनी र सरकारबीच तालमेल नहुँदा समयमै यो पुल निर्माण हुन सकेको थिएन। ०७१ साल असारमा ठेक्का सम्झौता भएको यो पुलको निर्माण कार्य २०७४ असार ९ गतेसम्म सम्पन्न गर्नुपर्ने थियो। तर सम्झौताअनुसार ७ वर्ष बढी म्याद गुज्रिसकेको छ।ठेकेदार र सरकार एक अर्काबीच आरोप प्रत्यारोप गर्दा निर्माणको काम प्रभावित भएको थिय