पाल्पा : तीन जिल्ला जोड्ने तीनमुखे झोलुङ्गे पुल निर्माण कार्यले गति लिएको छ।पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा र गुल्मी जोड्ने तीनमुखे झोलुङ्गे पुलको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। ठेकेदार कम्पनी र सरकारबीच तालमेल नहुँदा समयमै यो पुल निर्माण हुन सकेको थिएन। ०७१ साल असारमा ठेक्का सम्झौता भएको यो पुलको निर्माण कार्य २०७४ असार ९ गतेसम्म सम्पन्न गर्नुपर्ने थियो। तर सम्झौताअनुसार ७ वर्ष बढी म्याद गुज्रिसकेको छ।ठेकेदार र सरकार एक अर्काबीच आरोप प्रत्यारोप गर्दा निर्माणको काम प्रभावित भएको थिय