केही समय बसेर सकियो कार्यदलको बैठक

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय बसेको बैठकले ठोस निर्णय भने गरेन । कार्यदलका सदस्यसमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सकारात्मक कुराकानी भएको, सिट बाँडफाँड’bout विभिन्न मोडालिटीमा छलफल भएको बताए । उनले चाँडोभन्दा चाँडो कार्यदललाई तोकिएको जिम्मेवारी पूरा गर्ने बताए । ‘बैठक […] The post केही समय बसेर सकियो कार्यदलको बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

न्युनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलको बैठक निश्कर्षविहीन

काठमाडौं,१ चैत । सत्ता समीकरण फेरिएपछि न्युनतम साझा कार्यक्रम बनाउन गठित समितिको आज बसेको बैठक अनौपचारिक रुपमा टुंगिएको छ । दिउँसो ४ बजेपछि सिंहदरबारमा रहेको अर्थ मन्त्रालयमा कार्यदलको बैठक बसेको थियो । अर्थमन्त्री वर्षमान पुन संसद बैठकमा व्यस्त भएपछि आजको बैठक निश्कर्षविहीन बनेको हो । भोलि (शुक्रबार) विहान ९ बजे कार्यदलको बैठक बसेर मस्यौदालाई पूर्णरुप […]

मन्त्रालय भागबण्डा मिलाउन कार्यदलको बैठक बालुवाटरमा

काठमाडौँ-  मन्त्रालयको भागबण्डामा सहमति जुटाउने प्रयासमा सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा जारी छ । गत बिहीबार गठबन्धनको बैठक बसेर मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गरे पनि नेकपा एकीकृत समाजवादीका नेता माधव नेपाल  विरामी भएपछि बैठक नै बसेको थिएन । शीर्ष नेता रहेको गठबन्धन बैठकमा मन्त्रिपरिषद् विस्तारको निधो गर्नअघि कार्यदललाई मन्त्रालय […]

सत्तारूढ कार्यदलको बैठक जारी, सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं।सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्तारूढ कार्यदलको बैठक बसेको छ। सोमबारको बैठकले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको खाकालाई अन्तिम रुप दिन प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेकोछ।कार्यदलले तयार पारेको मस्यौदालाई गठबन्धनको शीर्षनेताहरुको आजै बैठक बसेर सार्वजनिक गरिने जनाइएकोछ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा सात सदस्यीय कार्यदलमा कांग्रेसबाट २, माओवादी केन्द्रबाट २ र जसपाबाट २ सदस्य छन्।

१३ घण्टा बसेर सकियो एमाले कार्यदलको बैठक

एमालेको विवाद मिलाउने प्रयास स्वरुप सिंहदबारमा बसेको कार्यदलको बैठक १३ घण्टापछि सकिएको छ । बिहान ९ बजेदेखि एमालेभित्रको विवाद मिलाउन कार्यदलको बैठक बसेकोमा राति १० बजे सकिएको हो । यसबारे थप विवरण आउन बाँकी छ।

एमालेको विवाद समाधन गर्न बनेको कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं : नेकपा एमालेभित्रको विवाद मिलाउन गठित कार्यदलको बैठक आज बस्ने भएको छ। हिजो दिनभर बस्न नसकेको कार्यदल बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने तय भएको संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले जानकारी दिए। यसअघि बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो छलफल भएपछि एमाले विवाद टुंगिने दिशातर्फ अघि बढेको ठानिएको थियो। विवाद मिल्ने संकेत प्राप्त भएको भन्दै उत्साहित बनेका कार्यदलका नेताहरु हिजो दिउँसो बैठक बसेर सहमतिको खाका कोर्ने प्रयास

एमाले कार्यदलको बैठक आज पनि बस्दै

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक शुक्रबार पनि बस्दैछ । शुक्रबार पुनः बैठक बसेर सहमति खोजिने नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार त्यसका लागि साढे ११ बजे बैठक बस्ने तय भएको छ । बिहीवार साँझ सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति नभएपछि शुक्रवार पनि बैठक बस्न लागिएको हो ।

एमाले कार्यदलको बैठक शुक्रबार पनि बस्ने

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक शुक्रबार पनि बस्ने भएको छ । बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति नभएको र शुक्रबार पुनः बैठक बसेर सहमति खोजिने नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार त्यसका लागि साढे ११ बजे बैठक बस्ने तय भएको छ । ‘आजको बैठकबाट केही टुंगोमा पुग्न सकिएको छैन । भोलि साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुर्याउँछ भन्नेमा हामी आशावादी छौंँ’, नेम्वाङले भने । उनले धेरै लामो समयदेखि पार्टीभित्र समस्या रहेको भन्दै त्यसलाई मिलाइने विश्वास दिलाए । आफूहरूबी...

एमालेको विवाद समाधान कार्यदलको बैठक बेलुका ७ बजे बस्ने

काठमाण्डाै – नेकपा एमालेको विवाद समाधानका लागि बसेको कार्यदलको बैठक केहीबेर बसेर स्थगित भएको छ । आन्तरिक विषय मिलाउन भन्दै केहीबेर स्थगित भएको बैठक बेलुका सात बजे फेरि बस्ने नेताहरूले जनाएका छन् । हिजो बुधवार कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएपछि विवाद समाधान थप सहज बनेको नेताहरूको दाबी  छ । आन्तरिक तयारीका लागि अहिले बैठक स्थगित भएको र सात बजे बस्ने बैठकले सम्भवत सबै विवादको समाधान निकाल्ने कार्यदल सदस्य सुवासचन्द्र ने...