काठमाडौं : नेकपा एमालेभित्रको विवाद मिलाउन गठित कार्यदलको बैठक आज बस्ने भएको छ। हिजो दिनभर बस्न नसकेको कार्यदल बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने तय भएको संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्बाङले जानकारी दिए। यसअघि बुधबार साँझ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो छलफल भएपछि एमाले विवाद टुंगिने दिशातर्फ अघि बढेको ठानिएको थियो। विवाद मिल्ने संकेत प्राप्त भएको भन्दै उत्साहित बनेका कार्यदलका नेताहरु हिजो दिउँसो बैठक बसेर सहमतिको खाका कोर्ने प्रयास