नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक शुक्रबार पनि बस्ने भएको छ । बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति नभएको र शुक्रबार पुनः बैठक बसेर सहमति खोजिने नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार त्यसका लागि साढे ११ बजे बैठक बस्ने तय भएको छ ।
‘आजको बैठकबाट केही टुंगोमा पुग्न सकिएको छैन । भोलि साढे ११ बजे बस्ने बैठकले टुंगोमा पुर्याउँछ भन्नेमा हामी आशावादी छौंँ’, नेम्वाङले भने ।
उनले धेरै लामो समयदेखि पार्टीभित्र समस्या रहेको भन्दै त्यसलाई मिलाइने विश्वास दिलाए । आफूहरूबी...