एमाले कार्यदलको बैठक आज पनि बस्दै

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक शुक्रबार पनि बस्दैछ । शुक्रबार पुनः बैठक बसेर सहमति खोजिने नेता सुवास नेम्वाङले जानकारी दिए । उनका अनुसार त्यसका लागि साढे ११ बजे बैठक बस्ने तय भएको छ । बिहीवार साँझ सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति नभएपछि शुक्रवार पनि बैठक बस्न लागिएको हो ।  

सम्बन्धित सामग्री

एमाले कार्यदल बैठक अहिलेसम्म बस्न सकेन, आन्तरिक छलफलमा जुटे दुवै पक्ष

काठमाडौँ । नेकपा एमाले कार्यदलको बैठक आज दिउँसो बस्ने भनिएको भए पनि अहिलेसम्म बस्न सकेको छैन ।

एमाले कार्यदल बैठक आज पनि बस्दै, समय सर्यो

काठमाडौं । नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दैछ ।  बैठक भने मंगलबार निर्धारण गरिएको समयभन्दा केही सरेको छ । बुधबार विहान ८ बजेका लागि तयको बैठक विहान १० बजेलाई सरेको अध्यक्ष केपी शर्मा ओली पक्षीय कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले रातोपाटीलाई जानकारी दिए ।पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ । नेताहरुका अनुसार सोमबार र मंगलबारको छलफल सकारात्मक भएपनि पनि ठोस सहमति भने हुन सकेको छैन ।.gr