सर्वसाधारणका लागि महंगो हुन सक्छ दशैं : सुपथ मूल्य पसल संचालनको तयारी, तर छैन चिनी र घ्यूको 'स्टक'

काठमाडौं : सरकारले बर्सेनि दशैं तिहारलाई लक्षित गर्दै सुपथ मूल्य पसलको व्यवस्था गर्छ। आम उपभोक्ताका लागि खाद्यान्नका निश्चित परिमाणमा छुट घोषणा गरिन्छ यो अवधिमा। यसपटक पनि सुपथ मूल्य पसल संचालनको तयारी छ तर उपभोक्ताको मागका अनुपातमा सरकारी निकायले खाद्यान्नको व्यवस्थापन गर्न सकेको छैन। हरेक वर्ष  चाडपर्वको समयमा उपभोक्तालाई सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गराउन सरकारको खाद्य कम्पनी,…

सम्बन्धित सामग्री

बैतडीमा नामको मात्र सुपथ पसल : छैन खाद्य सामग्री !

बैतडी : दशैँ, तिहार, छठ जस्ता चाडपर्वहरूलाई लक्षित गरेर बैतडीमा असाेज २१ गतेदेखि  सुपथ मूल्य पसल सञ्चालनमा छ। सरकारले सर्वसाधारणका लागि चाडपर्वका बेला सस्तो मूल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले  खोलिने  सुपथ मूल्य पसल यहाँ भने नामकाे लागि मात्रै छ।साल्ट ट्रेडिङ कर्पोरेसन डिपो कार्यालय पाटनमा सुपथ मूल्यको पसल सञ्चालनमा रहेकाे भए पनि यहाँ दैनिक उपभोग्य सामग्रीका भने अभाव रहेकाे छ।पाटनमा सञ्चालित  सुपथ मूल्य पसलमा नुन मात्रै उपलब्ध रहेका छ। सुपथ मूल्य पसलम

अर्थको बेवास्ताले चाडपर्वमा चिनी महँगो

काठमाडौं, असोज ६ । चाडपर्वमा उपभोक्तालाई सहुलियत दिन सरकारले सुपथ मूल्य पसल सञ्चालन गरेको भए पनि यो वर्षको दसैंमा उपभोक्ताले चिनी महंगोमा किन्नुपर्ने भएको छ। सरकारले हरेक वर्ष चाडपर्वमा सहुलियत दरमा चिनी बिक्री गर्दै आएको भए पनि यो वर्षको चाडमा भने चिनी अझै महँगिने संकेत देखिएको छ। अहिले बजारमा चिनी किलोको १ सय १० रूपैयाँमा […]

नाम मात्रैको सुपथ मूल्य पसल

साल्ट ट्रेडिङ कर्पोरेशनले सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलको साइन बोर्डमै नुनको मूल्य १८ र चिनीको मूल्य ७९ रुपैयाँ प्रति किलो लेखिएको छ ।बजार मूल्य भन्दा ११ रुपैयाँ सस्तोमा चिनी किन्न पाउने आशमा उपभोक्ता साल्ट ट्रेडिङको पसलमा पुग्छन्, तर चिनी नै पाइदैन । आवश्यक भए नुन मात्रै लिएर फर्किनु पर्छ । साल्ट ट्रेडिङ धनगढीका […]

चिनी नआउँदा बाग्लुङमा सुपथ मूल्य पसल खुलेन

बाग्लुङ – भन्सार सहुलियतको चिनी नआएपछि यहाँ चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्न सकेको छैन । दशैँ मुखैमा आइपुग्दा पसल खुल्ने/नखुल्ने अनिश्चित छ । चिनी नहुँदा पसल सञ्चालनमा ढिलाइ भएको साल्ट ट्रेडिङ कर्पोरेशन बाग्लुङ कार्यालयले जनाएको छ । गएकाे वर्ष पनि कोभिड–१९ का कारण पसल खुल्न सकेको थिएन । कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले केन्द्रबाट बिक्री मूल्यसमेत तोकिए पनि चिनी भने नआएको बताउनुभयो । भारतबाट भन्सार छुटमा आउनुपर्ने चिनी नै नआएको भन्ने बुझिएको छ, उहाँले भन्नुभयो, चिनी आउनासाथ सुपथ पसल खोल्ने हाम्रो तयारी छ...

सुदूरपहाडी जिल्लामा सञ्चालनमा आएनन् सुपथ मूल्य पसल

असोज १३, बैतडी । चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भनेपनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । प्रदेशअन्तर्गत कैलालीको धनगढी र अत्तरियामा मात्रै सुपथ मूल्य पसल सञ्चालनमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय धनगढीले जानकारी दिएको छ । ती स्थानमा यही असोज २ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा आएको कार्यालय प्रमुख तथा नायव कार्यकारी अधिकृत केशवप्रसाद पाण्डेले जानकारी दिए । विगतका वर्षमा दशैँतिहार, छठसहितका चाडपर्वलाई लक्षित गरी सुदूरपश्चिमका ७ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै आएको थियो । कैलालीको धनगढीमा रहेको अञ्चल कार्यालय, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी, डोटीको दिपायल, डडेल्धुरा र बैतडीको पाटनमा दशैँतिहार तथा छठलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको थियो ।  पहाडी जिल्लामा तत्काल सुपथमूल्य पसल सञ्चालन गर्ने सम्भावना नरहेको उनको भनाइ छ । आन्तरिक राजस्व कार्यालयले अनलाइन बिलिङ काटेर मात्रै सामग्री विक्री गर्न भन्ने गरेको र सबै ठाउँमा जनशक्ति, कम्प्युटर, सफ्टवेयर र इन्टरनेटलगायत सुविधा नभएकाले अन्य स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिने बताइएको छ । उनले भने, ‘अनलाइन बिलिङ काट्नुपर्ने अवस्था छ, हामीसँग जनशक्ति नहुँदा पहाडी जिल्लामा त्यो सम्भव छैन ।’ पहाडी जिल्लामा सुपथ मूल्य पसल सञ्चालनका लागि सम्बन्धित पालिकाले चाँसो देखाउनुपर्ने उनले बताए । ‘कुनै स्थानीय तहले सुपथ मूल्य पसल सञ्चालन गर्छु भनेर आउँछ भने हामीले खाद्यान्न सामग्री उपलब्ध गराउँछौ, हामी आफैंले सञ्चानल गर्न सम्भव छैन ।’ पालिकाहरुले सुपथ मूल्य पसल सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट सिफारिस मागेर कर्पोरेसनमा गयो भने सामग्री उपलब्ध गराउनेछ ।  चाडपर्वमा सुपथ मूल्य पसलबाट उपभोक्तालाई सहुलियत दरमा खाद्य सामग्री उपलब्ध गराउने उद्देश्य रहेको भए पनि सञ्चालनमा नआउँदा यस क्षेत्रका उपभोक्ता बजारबाट महँगो दरमा सामान किन्न बाध्य भएका छन् । सुपथ मूल्य पसलमा बाहिर बजारको भन्दा सहुलियत मूल्यमा चिनी, नून, चामल, दाल, साबुन, तेल, चिउरालगायतका अन्य खाद्य सामग्री किन्न पाइन्छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अगामी कात्तिक २४ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिइको छ । यसैबीच कैलालीको अत्तरिया र धनगढीमा सञ्चालनमा रहेका सुपथ मूल्य पसलमा पनि चिनीको अभाव रहेको प्रमुख पाण्डेले बताए  ।  उनले भने, ‘माथिबाटै चिनी आएको छैन, हाम्रो केन्द्रीय कार्यालयमै चिनीको अभाव छ, त्यसैले चिनीबाहेकका अन्य खाद्य सामग्री विक्री गरिरहेका छौं ।’ रासस

विराटनगरमा समन्वयबिनाका सुपथ मूल्य पसल

विराटनगर। सरकारले चाडपर्वलाई लक्ष्य गरेर विराटनगरमा सञ्चालनमा ल्याएका सुपथ मूल्यका पसल चाहार्दा–चाहार्दै उपभोक्ताको दिन बित्ने भएको छ । तीन ठाउँबाट सहुलियत दरमा पाइने भनिएको नुन, चिनी, चामल, दाल, घिउ, दही खरिद गर्ने एकीकृत पसल सञ्चालन नहुँदा उपभोक्ताले सरकारी सुपथ मूल्यका पसलबाट लाभ लिन नसक्ने भएका हुन् । सहुलियत दरमा खाद्यान्न तथा खाद्य वस्तु बिक्री गर्न […]

सुर्खेतमा खाद्य कम्पनीको सुपथ मूल्य पसल सञ्चालन

असोज २, सुर्खेत । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्थाले चाडपर्व लक्षित सुपथ मूल्य पसल असोज शुक्रवारदेखि सुर्खेतसहित देशका ४३ स्थानमा सञ्चालनमा ल्याएको हो । शुक्रवारदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलमा तीन किसिमका चामलसहित ३ प्रकारका दाल विक्रीका लागि राखिएका छन् । सुर्खेतमा चामल अरुवा मोटा चामल ४१ रुपैयाँ किलो, जिरा मसिनो चामल ५९ रुपैयाँ किलो, सोना चामल ४४ दशमलव ७० रुपैयाँ किलो, दाल मसुरो १३० रुपैयाँ, मास १५९ रुपैयाँ, रहर (अडहर) १७३ रुपैयाँमा उपलब्ध गराईएको छ । सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैं, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीका कर्णाली प्रादेशिक कार्यालय प्रमुख माधव मिश्राले स्थानीय जनताको मागलाई ध्यानमा राख्दै शुक्रवारदेखि चामल र दाल विक्रीबा लागि उपलब्ध गराईएको जानकारी दिए । उनका अनुसार कम्पनीले यस वर्ष चामल, दालमा प्रति किलो रू. ५ छूट दिएको छ । कम्पनीले ल्याएको सुपथ मूल्य पसलबाट बजारमा रहेको कृत्रिम अभावलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने उपभोक्ताकर्मीहरु बताउँछन् । राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेत जिल्ला प्रतिनिधि कुमारी भुसालले खाद्य व्यवस्था कम्पनीले चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएर उपभोक्तालाई राहत दिएको बताइन् ।  उनले सुर्खेतमा चामल र दाल मात्र होइन चाडपर्वमा चाहिने खाने तेल, पिठो, चिउरा, सिमीलगायतका खाद्यान्न समेत उपलब्ध गराउन खाद्य व्यवस्था कम्पनीलाई आग्रह गरिन् । यता साल्ट ट्रेडिङ कर्पोरेशन शाखा सुर्खेतले भने यस वर्ष कोरोना महामारी लगायतका कारणले असोज ५ गतेदेखि मात्र चाडपर्व लक्षित सहुलियत मूल्यको नून मात्र विक्री वितरण गरिने जानकारी दिएको छ ।  सुर्खेत शाखाका प्रमुख पारशमणिनाथ प्रसाद चौधरीले साल्ट ट्रेडिङ कर्पोरेशनमै चिनी अभाव हुँदा सुर्खेतमा यस वर्ष सहुलियत मूल्यको चिनी तत्काल उपलब्ध गराउन नसकिने बताए । उनका अनुसार यस वर्षपनि प्रति किलो २० मूल्यको नूनमा २ रुपैयाँ छूटको व्यवस्था मिलाईएको छ ।

सुपथ मूल्य पसल असोज १ देखि

काठमाडौं । सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी असोज १ गतेदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । नजिकिँँदै गरेको दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशभर ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । कम्पनीले दिएको जानकारीअनुसार सुपथ मूल्य पसलमा उपभोक्ताले चामल, दाल, चिउरा, कर्णालीको सिमी, फापर, खानेतेल, घिउ, आँँटा, स्यानिटाइजर, खसीबोकालगायत खाद्यवस्तु किन्न पाउनेछन् । खाद्यले यस वर्ष दाल, चामल, चिउरा, आँटा र सनप्mलावार तेलमा बजार मूल्यभन्दा प्रतिकिलो ५ रुपैयाँ छूट दिनेछ भने भटमासको तेल, मासु र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छूट दिने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । चाडपर्वका समयमा हुने अनावश्यक मूल्य वृद्धिको समस्या रोक्न र बजार मूल्य हस्तक्षेप गर्न सहुलियत मूल्य पसलले सहयोग गर्ने भएकाले पनि चाडपर्वमा उपभोक्ताहरू माझ यसको महŒव बढेको कम्पनीले बताएको छ । यस वर्ष कम्पनीले दशैं र तिहारका लागि करीब ३ हजार खसी बोका भिœयाउने अनुमान गरिएको छ । कम्पनीले काठमाडौं उपत्यकाभित्र थापाथली, रामशाह पथ, नक्खु र सूर्यविनायक गरी चार स्थानबाट सुपथ मूल्य पसलको सुविधा दिनेछ । अझै पनि कोरोना महामारीको त्रास कायमै रहेकाले भीडभाड कम गर्ने र भौतिक दूरीलाई ध्यानमा राख्दै सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सुपथ मूल्य पसल सञ्चालन गरिने कम्पनीले जनाएको छ । खाद्य कम्पनीले काठमडौं उपत्यकाभित्र अनलाइन अर्डरमार्पmत पनि सामान उपलब्ध गराइरहेको छ । कम्पनीले सञ्चालन गर्ने सुपथ मूल्य पसलमा अन्य दैनिक उपभोग्य वस्तुको उपलब्धता सहज रूपमा भए पनि चिनीको उपलब्धता भने त्यति सहज हुने देखिँदैन । कम्पनीले करीब ८ महीना अघि चाडपर्वका लागि भन्दै १० हजार मेट्रिकटन चिनी खरीदको अनुमति माग्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाए पनि उक्त पत्र अर्थ मन्त्रालयमा गएर रोकिएका कारण चिनी खरीद अनुमति स्वीकृत हुन सकेको छैन । यसले गर्दा सुपथ मूल्य पसलमा खाद्यान्न खरीद जाने उपभोक्ताले चिनी नपाउने सम्भावना धेरै रहेको छ ।

डोटीमा गाउँपालिकाले नै सञ्चालनमा ल्यायो सुपथ मूल्य पसल

डोटी – केआईसिंह गाउँपालिकाले तिहारको अवसरमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सस्तो मूल्यमा चिनी र नुन उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो ।  गाउँपालिकाभित्रै पाँच ठाउँमा सञ्चालन भएका सुपथ मूल्य पसलबाट  प्रति परिवार पाँच किलो चिनी र तीन किलो नुन सुपथ मूल्यमा उ...

चितवनमा सुपथ मूल्य पसल सञ्चालन

दशैंलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पाेरेशनको चितवन शाखाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । नारायणगढस्थित आफ्नै कार्यालयमा पसल खोलिएको सो पसल आगामी कात्तिक ९ गतेसम्म सञ्चालन हुने शाखा प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए । यसपाली बजारमूल्यभन्दा अलि सस्तो भएकाले सुपथ मूल्य पसलमा चिनी र नून धेरै विक्री हुने अनुमान रहेको उनले बताए । उक्त पसलमा…