बाग्लुङ – भन्सार सहुलियतको चिनी नआएपछि यहाँ चाडपर्व लक्षित सुपथ मूल्य पसल खुल्न सकेको छैन । दशैँ मुखैमा आइपुग्दा पसल खुल्ने/नखुल्ने अनिश्चित छ ।
चिनी नहुँदा पसल सञ्चालनमा ढिलाइ भएको साल्ट ट्रेडिङ कर्पोरेशन बाग्लुङ कार्यालयले जनाएको छ । गएकाे वर्ष पनि कोभिड–१९ का कारण पसल खुल्न सकेको थिएन । कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले केन्द्रबाट बिक्री मूल्यसमेत तोकिए पनि चिनी भने नआएको बताउनुभयो । भारतबाट भन्सार छुटमा आउनुपर्ने चिनी नै नआएको भन्ने बुझिएको छ, उहाँले भन्नुभयो, चिनी आउनासाथ सुपथ पसल खोल्ने हाम्रो तयारी छ...