सरकारले हवाइ उडानमा रोक नलगाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय र आन्तरिक दुबै उडान नरोक्ने निर्णय गरेको एक मन्त्रीले गरे । तर आगामी दिनमा थप प्रतिकुल अवस्था आएको खण्डमा भने यो निर्णयमा पुनर्विचार हुनेछ ।
ती मन्त्रीका अनुसार आन्तरिक तर्फको हवाइ उडानमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइनेछ भने त्यसबारेको निगरानी सम्बन्धित निकायले गर्नेछ ।
यस्तै विदेशबाट आउनेको हकमा नेपालीसहितका यात्रु अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने छ । होम क्वारेन्टाइनमा बस्दा नि...