असार १७ गतेदेखि आन्तरिक हवाइ उडान खुल्ने

काठमाडौं । आन्तरिक हवाइ उडान खुल्ने भएको छ । कोरोना संक्रमणदर घट्दै गएकोले असार १७ गते देखि आन्तरिक उडान खुल्ने भएको हो । कोरोना भाइरस संक्रमण बढेपछि हवाइ उडान रोकिएको थियो। विमानस्थल टर्मिनलको क्षमताअनुसार भिडभाड नहुने गरी वायु सेवा कम्पनीले १० मिनेटको अन्तरालमा जहाज उडान गर्नुपर्नेछ। एयरलाइन्सले नियमित उडानको आधा संख्यामा जहाज उडाउन पाउनेछन् । […]

सम्बन्धित सामग्री

नेपालगञ्ज–जनकपुर सिधा हवाइ उडान

६ माघ जनकपुर । नेपालगञ्जबाट जनकपुरसम्म हवाइ उडान सुरू भएको छ । यति एयरको एटिआर ७२ विमान ७२ जना यात्रु बोकेर शनिबार नेपालगञ्ज विमानस्थलबाट जनकपुर पुगेको थियो । नेपालगञ्जबाट जनकपुरका लागि उडेको पहिलो विमानमा लुम्बिनी प्रदेश सरकारी शहरी विकास मन्त्री कृष्णा केसी, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट , नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामी […]

भोलिबाट जनकपुरदेखि पोखरासम्म सिधा हवाइ उडान सुरु हुने

जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाइ उडान भोलिदेखि सुरु हुने भएको छ। नागरिक उड्डयन कार्यालय जनकपुरधामले महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सिधा हवाइ उडान हुने जनाएपनि केही प्राविधिक कारणले उडान हुन सकेको थिएन। जनकपुरधाम विमानस्थलका प्रवन्धक योगेन्द्रनाथ कुँवरले जनकपुरधामबाट पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ गत बुधवारदेखि…

सुदूरपश्चिममा आन्तरिक हवाइ उडान शुरु हुँदै

कोरोनाका कारण बन्द भएका आन्तरिक उडानहरु यही असार १७ गतेबाट पुनः सञ्चालन भएसँगै सुदूरपश्चिममा पनि आन्तरिक हवाइ उडान शुरु हुने भएको छ । कोरोना महामारीका कारण कम्तिमा तीन महिनादेखि उडान बन्द भएको दिपायल–धनगढी हवाई उडान यही असार २२ गतेबाट पुनः सञ्चालन हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।दिपायल–धनगढी हप्ताको दुई दिन मङ्गलबार तथा शुक्रबार समिट एअरले उडान भर्ने तालीका तयार गरी हवाई उडान पुनः सञ्चालनका लागि तयारी गरेको दिपायल विमानस्थल कार्यालयले जनाएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका

हवाइ उडान खोल्ने सरकारको निर्णय

सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक उडान कोटा तोकेर खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक तर्फ  कुल उडान संख्याको आधा र अन्तर्राष्ट्रियतर्फ नियमित हवाइ उडान सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । उडानसम्बन्धी तालिका र विस्तृत विवरण बुधबार दिइनेछ । सरकारले कोरोना महामारीका कारण जारी निषेधाज्ञा खुकुलो बनाउँदै लगेको सन्दर्भमा उडान पनि खोल्ने निर्णय गरेको हो । सरकारले सार्वजनिक यातायात खोल्ने सम्बन्धमा भने हालसम्म कुनै निर्णय गरेको छैन ।

भोलिबाट खुल्ने भनिएको तीन मुलुकका हवाइ उडान अनिश्चित

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एक साता अगाडि मन्त्रिपरिषद्बारा १८ जेठबाट तीन मुलुकका लागि नियमित हवाइ उडान खुलेको बताएका थिए । तर, सो निर्णय कार्यान्वयन गराउने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म पुगेको छैन । जसले गर्दा तत्काल नियमित हवाई उडान नहुने निश्चित भएको छ । जेठ १४ मा मन्त्री […]

अन्तर्राष्ट्रिय हवाइ उडान आजदेखि बन्द हुँदै

काठमाडौं, बैशाख २३ । सरकारले आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बैशाख मसान्तसम्म बन्द गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आज राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द हुन लागेका हुन् । वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले आजदेखि बैशाख मसान्तसम्म सबै अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको थियो । आन्तरिक उडान भने बैशाख २१ […]

आज रातिबाट आन्तरिक हवाइ उडान बन्द गर्ने सरकारको निर्णय

सरकारले आज आइतवार रातिबाट आन्तरिक हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा उडान बन्द गर्ने निर्णय भएको हो । मन्त्रिपरिषद् बैठकले उडान बन्द गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए । यसअघि सीसीएमसीले आन्तरिक हवाइ उडान सँगसँगै कोरोना बढी प्रभावित देशका बाह्य उडान समेत बन्द गर्न सिफारिस गरेको थियो ।

हवाइ उडान स्थगित गर्न सीसीएमसीको सिफारिस

१७ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो । सीसीएमसी स्रोतकाअनुसार सीसीएमसीका निर्देशक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछन् । त्यसपछि सीसीएमसीको सिफारिसमाथि निर्णय […]

तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने सरकारको निर्णय

सरकारले कोरोना संक्रमण बढ्दै गए पनि तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने निर्णय  गरेको छ।  सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको हो ।देशभर सबै ठाउँमा लकडाउन नहुने स्थितिमा नागरिकलाई भैपरी आउँदा आवत-जावत सहज बनाउन हवाइ उडान तत्काललाई बन्द नगरिएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले रातोपाटीलाई जानकारी दिए । तर, हवाई यात्रुहरुले स्वास्थ्यसम्बन्धी मापदण