सरकारले कोरोना संक्रमण बढ्दै गए पनि तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेको हो ।देशभर सबै ठाउँमा लकडाउन नहुने स्थितिमा नागरिकलाई भैपरी आउँदा आवत-जावत सहज बनाउन हवाइ उडान तत्काललाई बन्द नगरिएको परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले रातोपाटीलाई जानकारी दिए । तर, हवाई यात्रुहरुले स्वास्थ्यसम्बन्धी मापदण