यी हुन् ओलम्पिक खेलकुदमा सबैभन्दा बढी पदक जित्ने खेलाडीहरु

टोकियो- जापानको टोकियोमा अहिले ३२ औँ गृष्मकालिन ओलम्पिक खेलकुद भइरहेको छ। प्रतियोगिताको इतिहासमा सबैभन्दा बढी पदक जित्ने खेलाडी अमेरिकी पौडीबाज माइकल फेल्प्स हुन्। उनले २३ स्वर्ण, ३ रजत र २ कास्यसहित २८ पदक जितेका छन्। दोस्रो स्थानमा १८ पदकसहित तत्कालिन सोभियत युनियनकी जिम्न्यास्टिक खेलाडी लारिसा लाटिनिना छिन्। उनले ९ स्वर्ण, ५ रजत र ४ कास्य […]

सम्बन्धित सामग्री

नेपाली छोरीलाई कोरियाको बधाई !

नेपालले ओलम्पिक खेल तथा पारालिम्पिक खेलकुदमा सहभागिता जनाउँदै आएकामा पहिलो पटक पदक जितेको दिनलाई इतिहासको पानामा लेखिनेछ भन्ने लाग्छ। नेपाली छोरी पलेशा गोवर्धनले तेक्वान्दोमा हासिल गरेको यो ऐतिहासिक र बहुमूल्य उपलब्धिले विश्व समुदायमा नेपालको छवि उच्च बनाएको छ।

पलेशाले ६५ लाख नगद पुरस्कार पाउने

काठमाडौँ- पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक काश्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरे अनुसार पलेशाले सो रकम पुरस्कार स्वरूप पाउने भएकी हुन् । नियमावलीमा व्यक्तिगत प्रतिस्पर्धामा ओलम्पिक खेल/गृष्मकाली...

अस्ट्रेलियाका ओलम्पिक खेलाडी क्वारेन्टाइनमा २८ दिन बस्नुपर्ने

काठमाडौं : अहिले विश्वका धेरै देश ओलम्पिकबाट फर्किएका आफ्ना च्याम्पियन खेलाडीको स्वागतमा व्यस्त छ। तर, अस्ट्रेलियाका खेलाडी भने आफ्नै देशमा अपमानित भएका छन्।त्यहाँ सबै खेलाडीलाई कडा कोरोना प्रोटोकल नियम लागु गरिएको हो। अस्ट्रेलियाले १७ स्वर्णसहित कुल ४६ पदक जितेको छ।ओलम्पिक खेल सकेर जापानबाट फर्किएका खेलाडीहरू एडिलेडमा कम्तिमा १४ दिनसम्म क्वारेन्टाइनमै बस्नुपर्नेछ। कुनै खेलाडीले टोकियोबाट सीधै एडिलेडका लागि हवाइ उडान नपाएमा भने २८ दिनसम्म क्वारेन्टाइनमा बस

टोकियो ओलम्पिक : स्टार धाविका एलिसनले जितिन् अन्तिम दौडमा स्वर्ण

काठमाडौँ– अमेरिकाकी स्टार धाविका एलिसन फेलिक्सले स्वर्ण पदकसहित ओलम्पिक खेल जीवनको अन्त्य गरेकी छन् । शनिबार भएको महिलाको ४ गुणा ४ सय मिटर रिलेमा अमेरिकाले स्वर्ण पदक जित्यो । पोल्यान्डले रजत र जमैकाले कास्य पदक जिते । ३६ वर्षीय एलिसन सन् २००४ मा पहिलो पटक ओलम्पिकमा सहभागी हुँदै २ सय मिटरमा रजत पदक जितेकी थिइन् […]

खेलाडीले माओको प्रचार गरेपछि ओलम्पिक कमिटीले थाल्यो छानविन

चिनियाँ नेता माओत्सेतुङको चित्र अंकित ब्याजेज लगाउने चीनका दुई साइकिलिस्टमाथि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले छानविन गर्ने भएको छ । बाओ सन्जु र झोङ टियान्सीको जोडीले महिलाको स्प्रिन्टमा सोमबार पदक जितेका थिए ।  पदक वितरण समारोहमा यी खेलाडीले झुन्ड्याएको ब्याजमा माओको तस्विर देखिएको थियो ।  यस घटनाबारे चिनियाँ ओलम्पिक कमिटीलाई आईओसीले सम्पर्क गरिसकेको आईओसीका प्रवक्ताले बताए । ओलम्पिक खेल राजनीतिकबाट अलग भएकाले यस्ता गतिविधि गर्न छुट छैन । ओलम्पिक  चार्टरको धारा ५० मा

ओलम्पिकमा भाग लिइरहेको आरओसी के हो ?

तपाईंले यस वर्षको ओलम्पिक खेल हेरिरहनुभएको छ भने पदक तालिकामा आरओसी पनि देख्नुभएको होला । त्यो कुन देश होला भनी तपाईंलाई लागेको हुनुपर्छ । आरओसी भनको रसियन ओलम्पिक कमिटीको छोटकरी रूप हो ।  रुसमा खेलाडीको प्रदर्शन राम्रो बनाउन सरकारी तहबाटै औषधि दिइएको विषयमा विवाद भएपछि रुसलाई ओलम्पिकमा प्रतिबन्ध लगाइएको छ । त्यसैले टोक्यो ओलम्पिकमा रुसका खेलाडीहरूले भाग लिन पाएका छन् तर उनीहरू देशको झण्डामा नभई देशको ओलम्पिक कमिटीको झण्डा लिएर प्रतिस्पर्धा गरिरहेका छन् ।  आरओसीले रुस देशलाई प्रतिनिधित्व गरिरहेको छ...

रोजर फेडेररले ओलम्पिक नखेल्ने

एजेन्सी । स्विस टेनिस खेलाडी रोजर फेडेररले आसन्न टोकियो ओलम्पिक नखेल्ने भएका छन् । घुँडाको शल्यक्रियापछि लगातार स्वास्थ्य समस्या भोगिरहेका फेडेररले अर्को हप्ताबाट जापानमा हुने ओलम्पिक खेल गुमाउने भएका हुन् । फेडेररले सन् २००८ को बेइजिङ ओलम्पिकमा डबल्सतर्फ स्वर्ण पदक जितेका थिए भने २०१२ को लण्डन ओलम्पिकमा सिंगल्सतर्फ रजत पदक जितेका थिए । यसैगरी महिलातर्फ […]