ओलम्पिकमा भाग लिइरहेको आरओसी के हो ?

तपाईंले यस वर्षको ओलम्पिक खेल हेरिरहनुभएको छ भने पदक तालिकामा आरओसी पनि देख्नुभएको होला । त्यो कुन देश होला भनी तपाईंलाई लागेको हुनुपर्छ । आरओसी भनको रसियन ओलम्पिक कमिटीको छोटकरी रूप हो ।  रुसमा खेलाडीको प्रदर्शन राम्रो बनाउन सरकारी तहबाटै औषधि दिइएको विषयमा विवाद भएपछि रुसलाई ओलम्पिकमा प्रतिबन्ध लगाइएको छ । त्यसैले टोक्यो ओलम्पिकमा रुसका खेलाडीहरूले भाग लिन पाएका छन् तर उनीहरू देशको झण्डामा नभई देशको ओलम्पिक कमिटीको झण्डा लिएर प्रतिस्पर्धा गरिरहेका छन् ।  आरओसीले रुस देशलाई प्रतिनिधित्व गरिरहेको छ...