रोजर फेडेररले ओलम्पिक नखेल्ने

एजेन्सी । स्विस टेनिस खेलाडी रोजर फेडेररले आसन्न टोकियो ओलम्पिक नखेल्ने भएका छन् । घुँडाको शल्यक्रियापछि लगातार स्वास्थ्य समस्या भोगिरहेका फेडेररले अर्को हप्ताबाट जापानमा हुने ओलम्पिक खेल गुमाउने भएका हुन् । फेडेररले सन् २००८ को बेइजिङ ओलम्पिकमा डबल्सतर्फ स्वर्ण पदक जितेका थिए भने २०१२ को लण्डन ओलम्पिकमा सिंगल्सतर्फ रजत पदक जितेका थिए । यसैगरी महिलातर्फ […]

सम्बन्धित सामग्री

कोभिड-१९ संक्रमण भएपछि कोको गउफले टोकियो ओलम्पिक गुमाउने

एजेन्सी। कोरोना भाइरस संक्रमित भएपछि अमेरिकाकी टेनिस खेलाडी कोको गउफले टोकियो ओलम्पिक गुमाउने भएकी छन्। १७ वर्षीया गउफ सन् २००० पछि ओलम्पिक खेल्ने कान्छी टेनिस खेलाडी बन्ने थिइन्। विश्व वरीयताको २५औं स्थानमा रहेकी गउफ पनि ओलम्पिक नखेल्ने अन्य खेलाडीको समूहमा सामेल भएकी हुन्। यसअघि राफेल नाडाल, रोजर फेडेरर, सिमोना हालेप, सेरेना विलियम्सलगायतले टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका थिए।

पूर्व पदक विजेता अजरेन्का र केरबेरले पनि ओलम्पिक नखेल्ने

एजेन्सी।पूर्व पदक विजेता भिक्टोरिया अजरेन्का र एन्जेलिक केरबेरले टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका छन्। अजरेन्काले लन्डन ओलम्पिकमा बेलारूसका लागि एकलमा काश्य र युगलमा स्वर्ण पदक जितेकी थिइन्। रियो ओलम्पिकमा पनि अजरेन्काले एकलमा रजत पदक जितेकी थिइन्।अजरेन्का र केरबेर दुबैले बिहीबार टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका हुन्।रोजर फेडेरर, राफेल नाडाल, सेरेना विलियम्स, डोमिनिक थिमले पनि ओलम्पिक नखेल्ने घोषणा गरिसकेका छन्।

फेडेरर र कोन्टाले टोकियो ओलम्पिक नखेल्ने

२० पटक ग्राण्डसलाम उपाधि जितेका रोजर फेडेरर तथा महिला तर्फ बेलायती नम्बर एक जोहान्ना कोन्टा टोकियो ओलम्पिकमा सहभागी नहुने भएका छन् । ३९ वर्षका फेडेरर घुँडाको चोटका कारण टोकियो ओलम्पिकमा सहभागी नहुने भएका हुन् । उनले सन् २००८ को बेइजिङ ओलम्पिकमा उनले डबल्समा स्वर्ण पदक जितेका थिए भने सन् २०१२ मा रजत पदक जितेका थिए […]