चिनियाँ नेता माओत्सेतुङको चित्र अंकित ब्याजेज लगाउने चीनका दुई साइकिलिस्टमाथि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले छानविन गर्ने भएको छ । बाओ सन्जु र झोङ टियान्सीको जोडीले महिलाको स्प्रिन्टमा सोमबार पदक जितेका थिए । पदक वितरण समारोहमा यी खेलाडीले झुन्ड्याएको ब्याजमा माओको तस्विर देखिएको थियो । यस घटनाबारे चिनियाँ ओलम्पिक कमिटीलाई आईओसीले सम्पर्क गरिसकेको आईओसीका प्रवक्ताले बताए । ओलम्पिक खेल राजनीतिकबाट अलग भएकाले यस्ता गतिविधि गर्न छुट छैन । ओलम्पिक चार्टरको धारा ५० मा