अमेरिकाका राष्ट्रपति जो बाइडनले गत फेब्रुअरी महिनाको मध्यतिरबाट उत्तर कोरियासँग गोप्य रूपमा कूटनीतिक सम्पर्क बनाउन खोजेको भए पनि उसले वास्ता नगरेको बाइडन प्रशासनका एक वरिष्ठ अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् ।
प्योङयाङले आणविक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रममा वृद्धि गर्दै जाँदा अमेरिकासँग तनाव बढ्ने स्थितिमा बाइडनले कसरी सम्हाल्ने हुन् भन्ने विषयमा यस घटनाक्रमले चासो बढाएको छ ।
ती वरिष्ठ अधिकारीले नाम नखुलाउने शर्तमा यो कुरा बताएका हुन् । तर कूटनीतिक प्रयासका बारेमा खासै लामो ...