काठमाडौं उपत्यकामा थप निषेधाज्ञाः होटेल तथा रेस्टुरेन्टमा कडाइ गरिने

काठमाडौं।काठमाडौं उपत्यकामा निषेधाज्ञा पुनः थप हुने भएको छ।कोरोना संक्रमणको दर नघटेकाले निषेधाज्ञा थप्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए।सार्वजनिक सवारी खुले पनि उपत्यकाभित्र होटेल, रेष्टुरेस्टमा कडाइ हुने निरौलाले बताए।स्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन गर्ने तर,अन्य प्रयोजनमा नियन्त्रण गर्ने मोडालिटी हुनसक्ने उनको भनाई छ।पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ।

सम्बन्धित सामग्री

प्रशासनको पत्र : उपत्यकामा जात्रा, जुलुस र चाडपर्वमा भिडभाड नगर्नू

काठमाडौं : काठमाडौं उपत्यकामा सभा,जुलुस,जात्रा जमघट गर्न अझै रोक लगाइएको छ। बिहीबार जिल्ला प्रशासन कार्यलय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना जोखिम कायमै रहेकाले अर्को आदेश नभएसम्म भिडभाडजन्य क्रियाकलाप गर्नमा रोक लगाएको हो।भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार होटेल वा पार्टी प्यालेसले कुनै बैठक,सेमिनार गोष्ठी,भोजजस्ता कायर्यक्रम गर्दा  आगन्तुक वा सहभागीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने छ।त्यस्तै,सार्वजनिक तथा निजी

चाडपर्व नजिकिँदै गर्दा घट्यो कुखुराको मासुको मूल्य

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा ब्रोइलर कुखुराको मासुको मूल्य घटेको छ । निषेधाज्ञा खुलेर बजारमा मासुको खपत बढेसँगै प्रतिकिलो ३६० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य अहिले घटेर प्रतिकिलो ३०० रुपैयाँमा आएको छ । महामारीको अवस्था सामान्य हुँदै जाँदा कुखुराको उत्पादन बढेको, तर खपत कम भएकाले मूल्य घटेको हो । महामारीको प्रभाव कम हुँदै गए पनि ठूला होटेल, रेष्टुराँ, पार्टी प्यालेसहरू राम्ररी चल्न सकेका छैनन् । यस्तै स्कुल, क्याम्पसहरू अझै बन्द रहेकाले मासुको खपत बढ्न नसकेको व्यवसायीहरू बताउँछन् । मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक ७ लाख किलो मासुको खपत हुने गरेकोमा अहिले यो परिमाण घटेर करीब ४ लाख ९० हजार किलोमा सीमित रहेको छ । ‘सामान्यतया चाडपर्वका बेला मासुको खपत बढ्ने भएकाले मूल्य बढ्नुपर्ने हो, मूल्य घटिरहेकाले महामारीका कारण उपभोक्ताको क्रयशक्ति घटेको अनुमान गर्न सकिन्छ,’ उनले भने । महामारीको समयमा विक्री नहुने त्रासका कारण करीब ४० प्रतिशत कुखुरा पालक किसानले आफ्ना खोरमा कुखुरा हालेका थिएनन् । तर अहिले अवस्था सामान्य हुँदै गएपछि अधिकांश किसानले कुखुरा हालेकाले उत्पादन बढेको बताइएको छ । सम्बद्ध किसानले अहिले कुखुराको उत्पादन बढेको बताए तापनि ह्याचरी संघका अनुसार उत्पादन खासै बढेको छैन । संघका अनुसार बन्दाबन्दीको समयअघि सातामा ४० लाख कुखुराका चल्ला उत्पादन हुने गरेको थियो । त्यस बेलाको माग भने प्रतिसाता ३२ लाखसम्म थियो । बन्दाबन्दीको समयमा उत्पादन घटेर १२ लाखमा आइपुग्यो । अहिले उत्पादन र माग दुवै १८ लाख हाराहारीमा मात्र छ । संघका महासचिव बलराम सञ्जेलले उत्पादन बढेको हो भने चल्लाको माग पनि बढ्नुपर्ने बताए । ‘सामान्य अवस्थाको तुलनामा चल्लाको माग अझै पनि १४ लाख कम छ, त्यसैले उत्पादन बढेर मासुको मूल्य घटेको भन्दा पनि उपभोक्ताको क्रयशक्ति नै कमजोर भएर माग घटेको हो,’ उनले भने । उपभोक्ताले अन्य अत्यावश्यक खाद्यवस्तुको आवश्यकता पूरा भएपछि मात्र मासुको माग गर्ने भएकाले अहिले धरै उपभोक्ताको भान्सामा मासुको खपत घटेको उनको अनुमान छ ।

उपत्यकामा फेरि १० दिन थपिँदै निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थपिने भएको छ । कोरोना संक्रमण बढेको भन्दै निषेधाज्ञा लम्ब्याउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले केही ‘मोडालिटी’ हेरफेर गरी १० दिनजति निषेधाज्ञा थपिने बताए । उनका अनुसार होटेल, रेस्टुरेन्टहरुमा अनुगमन गरी निषेधाज्ञा केही कडा बनाइनेछ । “निषेधाज्ञाबारे...

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, फिल्म हल र जिमखानाबारे छलफलपछि निर्णय हुने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिइने भएको छ । कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।प्रमुख जिल्ला अधिकारी पराजुलीले संक्रमण बढिरहेकाले निषेधाज्ञा पुरै नहट्ने बताए । उनले सार्वजनिक सवारीसाधन खुलेपनि उपत्यकाभित्र रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेष्टुरेण्टमा कडाइ हुनसक्ने बताए । ‘अहिले नै रात्रि व्यवसाय खुलाउन सक्ने अवस्था छैन । फिल्म हल र जीमखानाबारे आज छलफल गरेर निर्णय गर्छौ&

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी, होटेल, रेस्टुरेन्टमा कडाइ हुन सक्ने

काठमाडौं । काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा थपिने भएको छ । कोरोना संक्रमण बढिरहेकाले निषेधाज्ञा थप्ने तयारी भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले संक्रमण बढिरहेकाले निषेधाज्ञा थपिने बताए । सबै किसिमका सार्वजनिक सवारी खुले पनि उपत्यकाभित्र होटेल, रेष्टुरेस्टमा कडाइ हुन सक्ने उनको भनाइ छ ।...

निषेधाज्ञा खुकुलो भए पनि दूधको खपत ६५% मात्र

काठमाडौं । निषेधाज्ञा खुकुलो भएर सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटाइए पनि बजार पूर्णरूपमा सञ्चालन हुन नसक्दा दूध तथा दुग्धजन्य पदार्थको खपत करीब ६५ प्रतिशत मात्र रहेको छ । दूधको खपत बढी हुने मिठाइ पसल, होटेल रेस्टुराँ, पार्ट प्यालेसलगायत क्षेत्र अझै पनि बन्द रहेकाले दूधको खपत बढ्न नसकेको हो । निषेधाज्ञा कडाइ भएका बेला ५० प्रतिशत रहेको दूधको खपत वृद्धि हुँदै हाल करीब ६५ प्रतिशत पुगेको छ । मानिसहरूमा कोरोना महामारीको त्रास कायमै रहेकाले बजारले लय समात्न लामो समय लाग्न सक्ने सरोकारवालाहरूले बताएका छन् । डेरी उद्योग संघका अनुसार निषेधाज्ञाका समयमा डीडीसी, डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएशनलगायत औपचारिक क्षेत्रले काठमाडौं उपत्यकामा दैनिक ३ लाख लिटरको हाराहारीमा दूध विक्री गरिरहेका थिए । अहिले पनि दैनिक खपत करीब साढे ३ लाख लिटरको हाराहारीमा मात्र रहेको छ । सामान्य अवस्थामा काठमाडौं उपत्यकामा मात्र दैनिक ७ लाख लिटरभन्दा बढी दूधको खपत हुने गर्छ । होटेल रेस्टुराँ र विद्यालयहरूमा मात्रै दैनिक करीब ३ लाख लिटरभन्दा बढी दूधको खपत हुने गर्छ । अहिले यी क्षेत्रको खपत शून्यको अवस्थामा रहेको डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले आर्थिक अभियान दैनिकलाई जानकारी दिए । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित हुने बजारमध्ये दूध तथा दुग्धजन्य पदार्थको बजार पनि हो । महामारीका कारण बजारको चक्र बिग्रिएपछि हालसम्म देशैभर करीब ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात रहन पुगेको छ । महामारीका कारण बजारमा खपत घटेपछि दुग्ध उद्योगी तथा व्यवसायीहरूले विक्री नभएको दूधलाई धूलो (पाउडर) र बटर बनाएर मौज्दात गरेका छन् । नेपाल डेरी एशोसिएशनले उपलब्ध गराएको तथ्यांकअनुसार मौज्दात रहेको ३ अर्ब रुपैयाँको धूलो दूध र बटरमध्ये एशोसिएशन भित्र मात्रै यसबीचमा करीब १ अर्ब रुपैयाँको दूध मौज्दात रहेको छ । त्यसैगरी डेरी उद्योग संघ र डीडीसीसँग गरी करीब २ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात रहेको छ । कोरोना महामारीको तेस्रो लहर आउन सक्ने हल्लाले पनि बजार थप प्रभावित भएको एशोसिएशनका अध्यक्ष प्रह्लाद दाहालले बताए ।

निषेधाज्ञा लम्बिएपछि व्यापारीले सटर खाली गर्न थाले

काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लगाएको निषेधाज्ञा लम्ब्याउँदै गएपछि व्यापारीहरूले आफूले व्यापार व्यवसाय गर्दै आएको सटर खाली गर्न थालेका छन् । जारी निषेधाज्ञाका कारण सटरको भाडा तिर्न समस्या भएको भन्दै व्यापारीहरूले सटर खाली गर्न थालेका हुन् । महामारी नियन्त्रण गर्न सरकारले काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा पछिल्लोपटक १ साताका लागि थप गरेर आगामी असार ७ गते सम्मका लागि लम्बाइएको छ । सरकारले पटकपटक थपिरहेको निषेधाज्ञाको मारले सटर खाली गर्नुपर्ने अवस्था आएको व्यापारीहरूले बताएका छन् । पछिल्लो १ साताभित्र काठमाडौं उपत्यकासहित पोखरा, विराटनगर, बुटवल, नेपालगञ्जलगायत करीब १५ सयभन्दा बढी व्यापारीहरूले सटर खाली गरेको र यो क्रम बढिरहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार यसरी सटर खाली गर्नेहरूमा करीब ५० प्रतिशत व्यापारी काठमाडौं उपत्यकाभित्रका रहेका छन् । काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरू ठमेल, न्यूरोड, असन, इन्द्रचोक, कोटेश्वर, कलंकीलगायत स्थानमा सटर खाली हुने क्रम बढेको उनले बताए । सटर खाली गरेर जानेहरूमा धेरैजसो फेन्सी, जुत्ता चप्पल पसल र होटेल व्यवसाय गरिरहेका साना व्यापारीहरू रहेका छन् । गतवर्ष पनि लामो बन्दाबन्दीका कारण काठमाडौं उपत्यकाभित्र मात्रै व्यापारिक प्रयोजनका करीब ४० प्रतिशत सटर खाली भएको महासंघको तथ्यांक छ । गतवर्ष र अहिलेको निषेधाज्ञाबाट साना तथा मझौला व्यवसायीहरू नै सबैभन्दा बढी मारमा परेको बताउँदै अध्यक्ष कटुवालले सरकारले असार ७ पछि फेरि पनि निषेधाज्ञा लम्बाएमा आफूहरूले त्यसलाई प्रतिकार गरेरै भए पनि पसल व्यवसाय सञ्चालन गर्ने बताएका छन् । राष्ट्रिय व्यापार संघ न्यूरोडका महासचिव वैकुण्ठ दाहालले पनि सरकारले आगामी सातादेखि फेरि पनि निषेधाज्ञा लम्बाएमा आफूहरूले त्यसलाई बेवास्ता गर्दै व्यापार सुचारु गर्ने बताए । व्यापार व्यवसाय ठप्प राख्ने हो भने सरकारले घरभाडा छूट र बैंकको ब्याज मिनाहालगायत व्यापारीका माग पूरा गर्नुपर्ने बताइएको छ । काठमाडौंका मुख्य व्यापारिक केन्द्रहरूमा व्यापारीहरूले ठाउँअनुसार एउटा सटरको न्यूनतम २० हजारदेखि २ लाखसम्म भाडा तिर्ने गरेका छन् । गतवर्षको बन्दाबन्दी र अहिलेको निषेधाज्ञाका कारण मुलुकको कुल गार्हस्थ्य उत्पादनमा करीब २२ प्रतिशत योगदान गर्ने र १७ लाखभन्दा बढी मानिसलाई रोजगारी प्रदान गर्ने साना तथा मझौला व्यवसाय यति बेला ठप्प छ भने सञ्चालनमा रहेकाहरू पनि पूर्ण क्षमतामा चल्न सक्ने अवस्था छैन । यसले गर्दा व्यवसायीहरूमा दिनप्रतिदिन निराशा बढ्दै गएको छ ।

निषेधाज्ञामा के-के बन्द हुन्छ ?

काठमाडौं। काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू हुने भएको छ। निषेधाज्ञामा के खोल्न पाइने र नपाइनेबारे उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले मापदण्ड बनाएका छन्। सार्वजनिक र निजी सवारी साधन बन्द हुने, हिँड्डुलमा कडाइ, होटेल–रेष्टुरेन्टले डेलिभरी सेवा मात्र दिन पाउनेछ। तरकारी बजार बन्द हुनेछ।

उपत्यकामा आज रातिदेखि १५ भदौसम्म विभिन्‍न कार्यमा निषेध

काठमाडौं : काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गइरहेको भन्दै शुक्रबार ३० साउन रातिदेखि लागू हुने गरी १५ दिनसम्मका लागि विभिन्न गतिविधिमा सरकारले रोक लगाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशमा भनिएको छ,' खुला स्थानमा मानिसको भेला हुनेदेखि पूजापाठ हुने स्थान र होटेल रेष्ट...