काठमाडौं : उपत्यकामा जारी निषेधाज्ञाको अवधि थप गर्ने विषयमा छलफल गर्न आज तीनैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ।काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बिहान ११ बजे काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने ललितपुर जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।उनका अनुसार आजको बैठकले एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछ। यसअघि जारी निषेधाज्ञा भोलि सकिँदैछ। तत्कालका लागि थप कडाइका साथ एक हप्ता निषेधाज्ञ