काठमाण्डाै - काठमाण्डौ उपत्यकामा निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि सकिँदै छ । कोरोना भाइरसको सङ्क्रमण सोचेअनुसार नघटेको भन्दै निषेधाज्ञा फेरि थप्ने तयारी भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार अब थपिने निषेधाज्ञामा सबै खालका सार्वजनिक गाडीलाई चलाउन दिने कि नदिने भन्नेबारे छलफल हुने छ । त्यसका लागि दिउँसो ३ बजे उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारीहरुको बैठक बस्दैछ । यसअघि थप गरिएको निषेधाज्ञामा २५ सिटभन्दा बढी सिट क्षमता भएका ...