मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजल चोरीको प्रयास भएको छ ।
भारतको बिहार प्रान्तको लकडी नबीगञ्ज क्षेत्रको डुमरा गाउँको नजिकै पाइपलाइनबाट डिजल चोरिको प्रयास भएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन् ।
डिजल चोरीको प्रयास भएपनि कुनै ठूलो परिमाणको क्षति नभएको निगमको भनाइ छ ।
प्रवक्ता उपाध्यायले शुक्रवार एक विज्ञप्ति जारी गर्दै नेपाल भारत सीमाको रक्सौल नाकादेखि करिब सय किलोमिटर भारततर्फ चोरिको प्रयास भएको बताउँदै यसले नेपाल आयाल निगमलाई कुनै क्षति नभएको जनाएका छन् ।&n...