नेकपा माओवादीको दुई भ्रातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) र योङ कम्युनिस्ट लिग (वाईसीएल) ले शुक्रबार पनि राजधानीमा प्रदर्शन गर्ने भएका छन् । सत्ता गठबन्धनमा सहमति बिनै सरकारले एमसीसी टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा क्रान्तिकारी र वाईसीएलले प्रदर्शन गर्न लागेको हो। मध्यान्ह १२ बजे बानेश्वरमा प्रदर्शन गर्ने तय भएको अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् । नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल गर्न सहयोग नगर्ने बताइसकेको छ भने माओवादीको असहय